नेभिगेशन
खार्पुनाथ

हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

सिमकोट । खार्पुनाथ गाउँपनलिकाको वडा नम्बर पाँच दुर्पामा रहेको हिल्सा नौधारा आधारभुत विद्यालयको ताला खोलिएको छ । 

गएको पुष ११ गते शिक्षक अभिभावकले लगाइएको ताला सहमती पश्चात आज खोलिएको हो । विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो । 

लामो छलफल पश्चात आज विद्यालयका प्रध्यानध्यापक मान बहादुर महत, भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्ष सुर्य बहादुर ऐडी, शिक्षक अभिभावक संघका अध्यक्ष गजेन्द्र रोकाया र अभिभावसहित बसेको बैठकले दिवा खाजा वापत बचेको रकमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पोसाक खरिद गरेर वितरण गर्ने विषयमा सहमती भएपछि विद्यालयमा लगाइएको ताला औपचारिक रुपमा खोलिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर महले जानकारी दिनुभयो । 

विद्यालय हाता बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्नका लागि सरकारले साताको शनिबार बाहेक प्रति विद्यार्थीलाई १५ रुप्ैयाँका दरले खाजा वापतको रकम प्रदान गरेको र उत्तः रकमले विद्यार्थीलाई खाजा खुवाउने बाहेक अन्य काम गर्न नपाइने कानूनी व्यवस्था भएपनि हिल्सा नौधाराले विद्यार्थीको दिवा खाजाका लागि आएको रकम बचाउनुलाई नीति विपरित खाजा नखुवाएको भन्ने आरोप अविभावकले समेत लगाएका छन् ।

विद्यालयका गतिविधि नियमानुसार नचल्ने र त्यसमा व्यवस्थापन समिति, शिक्षक अविभावक संघले आफू अनुकूल नभए ताल लगाउने गर्दा विद्यालय शान्ति क्षेत्रको घोषित नाराको औचित्य माथि समेत प्रश्न खडा हुन थालेको छ । पछिल्लो समय विद्यालयमा आउने विभिन्न शिर्षकको स्रोतमा व्यवस्थापन समिति, शिक्षक अविभावक संघले अनावश्यक चासो राद्यख्ने गरेपछि जिल्लाभरका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद सबैका लागि आकर्षक पदका रुपमा रहदै आएको छ । यद्यपी यसलाई सम्बन्धित पालिका सरकार र यसको तालुकदार निकायले विषेश निगरानी गर्नुपर्ने स्थानीयले अनुरोध समेत गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व