नेभिगेशन
समाज

 चंखेली गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

हुम्ला ।   जिल्लाको चंखेली गाउँपालिकाले ज्येष्ठ नागरिक तथा लक्षित वर्गलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाभित्र स्थायी बसोवास गर्दै आएका ७० वर्ष उमेर समूहभन्दा माथिका ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी तथा गर्भवती आमा, असहाय एवं अशक्त (क–वर्ग) का अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी जाडोयाममा आज एक कार्यक्रमममा बीच न्यानो कपडा वितरण गरेको गाउँपालिकाले जानाएको छ ।


पालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार पालिकाले वडा नं. ०६ को पुमा, चरिगाउँ, कोर्का, मेल्छाम, मासिधारा, निमागाउँ र रातीगाउँमा जम्मा एक सय ३१ जना नागरिकहरूलाई एक–एक थान ज्याकेट वितरण गरिएको हो ।


त्यस्तै, वडा नं. ०४ को पिप्लाङ गाउँमा ३१ जना जेष्ठ नागरिक, असहाय÷अशक्त, एकल महिला, सुत्केरी तथा गर्भवती महिलाहरूलाई समेत न्यानो कपडा वितरण गरिएको पालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।


कार्यक्रममा अध्यक्ष शाहीले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कमजोर वर्गप्रति गाउँपालिकाको सम्मान, माया र दायित्व निरन्तर रहने बताउनु भएको चंखेली गाउँपालिकामा रहेका हाम्रा स्थानीय समाचारदाताले पठाएको खबरमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अनुसार वडा नं. ०१ देखि ०६ सम्मका सबै वडाहरूमा करिब ७ सय जना जेष्ठ नागरिक, लक्षित वर्ग तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान तथा माया कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिँदै आएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।