नेभिगेशन
समाज

 चंखेली गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

हुम्ला ।   जिल्लाको चंखेली गाउँपालिकाले ज्येष्ठ नागरिक तथा लक्षित वर्गलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाभित्र स्थायी बसोवास गर्दै आएका ७० वर्ष उमेर समूहभन्दा माथिका ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी तथा गर्भवती आमा, असहाय एवं अशक्त (क–वर्ग) का अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी जाडोयाममा आज एक कार्यक्रमममा बीच न्यानो कपडा वितरण गरेको गाउँपालिकाले जानाएको छ ।


पालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार पालिकाले वडा नं. ०६ को पुमा, चरिगाउँ, कोर्का, मेल्छाम, मासिधारा, निमागाउँ र रातीगाउँमा जम्मा एक सय ३१ जना नागरिकहरूलाई एक–एक थान ज्याकेट वितरण गरिएको हो ।


त्यस्तै, वडा नं. ०४ को पिप्लाङ गाउँमा ३१ जना जेष्ठ नागरिक, असहाय÷अशक्त, एकल महिला, सुत्केरी तथा गर्भवती महिलाहरूलाई समेत न्यानो कपडा वितरण गरिएको पालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।


कार्यक्रममा अध्यक्ष शाहीले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कमजोर वर्गप्रति गाउँपालिकाको सम्मान, माया र दायित्व निरन्तर रहने बताउनु भएको चंखेली गाउँपालिकामा रहेका हाम्रा स्थानीय समाचारदाताले पठाएको खबरमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अनुसार वडा नं. ०१ देखि ०६ सम्मका सबै वडाहरूमा करिब ७ सय जना जेष्ठ नागरिक, लक्षित वर्ग तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान तथा माया कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिँदै आएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन