नेभिगेशन
राजनीति

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

सिमकोट । आसन्न फागुन २१ गतेको निर्वाचनका प्रत्यक्ष निर्वाचन प्रर्णालीतर्फ उम्मेरदवार सिफारिस गर्नका लागि नेकपा (एमाले) जिल्ला कमिटि हुम्लाको अनलाइन बैठकको आयोजना गरेको छ । 

प्रत्यक्षतर्फ पार्टी केन्द्रले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न गरेको सर्कुलर अनुसार एमालेले जुम (अनलाइन) बैठकको आयोजना गरेको पार्टीका जिल्ला कमिटि सचिव तिर्थराज बोहराले जानकारी दिए । 

बैठकले प्रत्यक्षतर्फ आकाक्षीहरुका विषयमा जिल्ला कमिटिका सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने जनवर्गिय संगठनका सदस्य र प्रदेश कमिटीका सदस्यहरुको संयुक्त रुपमा राय बुझ्नका लागि बैठकको आयोजना गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञामी वुमीले बताए । 

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन बैठक बोलाइएको हो । 

मौशममा आएको प्रतिकूलताका कारण भौतिक रुपमा बैठकको आयोजना गर्न नसकिने भएका कारण अनलाइन बैठकको आयोजना गरिएको एमाले हुम्लाले जनाएको छ । आजको बैठकको निर्णय अनुसार भोली एमाले हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेको तर्फबाट प्रत्यक्ष उम्मेरदवारका रुपमा अघि सार्ने एमाले जिल्ला अध्यक्ष ज्ञामी वुमीले बताए । 

बैठकमा अधिकांस जिल्ला कमिटि सदस्यहरुले जिल्लाबाट सहमतीका आधारमा एकै जनाको नाम सिफारिस गर्नुपर्नेमा जोड दिएको एमाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।