नेभिगेशन
राजनीति

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

सिमकोट । आसन्न फागुन २१ गतेको निर्वाचनका प्रत्यक्ष निर्वाचन प्रर्णालीतर्फ उम्मेरदवार सिफारिस गर्नका लागि नेकपा (एमाले) जिल्ला कमिटि हुम्लाको अनलाइन बैठकको आयोजना गरेको छ । 

प्रत्यक्षतर्फ पार्टी केन्द्रले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न गरेको सर्कुलर अनुसार एमालेले जुम (अनलाइन) बैठकको आयोजना गरेको पार्टीका जिल्ला कमिटि सचिव तिर्थराज बोहराले जानकारी दिए । 

बैठकले प्रत्यक्षतर्फ आकाक्षीहरुका विषयमा जिल्ला कमिटिका सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने जनवर्गिय संगठनका सदस्य र प्रदेश कमिटीका सदस्यहरुको संयुक्त रुपमा राय बुझ्नका लागि बैठकको आयोजना गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञामी वुमीले बताए । 

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन बैठक बोलाइएको हो । 

मौशममा आएको प्रतिकूलताका कारण भौतिक रुपमा बैठकको आयोजना गर्न नसकिने भएका कारण अनलाइन बैठकको आयोजना गरिएको एमाले हुम्लाले जनाएको छ । आजको बैठकको निर्णय अनुसार भोली एमाले हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेको तर्फबाट प्रत्यक्ष उम्मेरदवारका रुपमा अघि सार्ने एमाले जिल्ला अध्यक्ष ज्ञामी वुमीले बताए । 

बैठकमा अधिकांस जिल्ला कमिटि सदस्यहरुले जिल्लाबाट सहमतीका आधारमा एकै जनाको नाम सिफारिस गर्नुपर्नेमा जोड दिएको एमाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...