नेभिगेशन
राजनीति

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

सिमकोट । आसन्न फागुन २१ गतेको निर्वाचनका प्रत्यक्ष निर्वाचन प्रर्णालीतर्फ एमालेले तिनजनाको नाम सिफारिस गरेको छ । 

एकल रुपमा नाम सिफारिस गर्न पटक पटक बैठक र परामर्श गरेको एमाले जिल्ला कमिटि हुम्लाले अन्तत दल रावल, दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरेको हो ।

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार बन्नु भएका दल फडेरा र महिलाबाट सौमती ऐडीको नाम सिफारिस गरेको छ । 

बुधबार सुर्खेतमा बसेको एमाले कर्णाली प्रदेश बैठकमा जिल्लाको तर्फबाट पार्टी अध्यक्ष ज्ञामी बुमीले पार्टी केन्द्रको निर्देशन अनुशार हुम्लाबाट दल रावल, दल फडेरा र सोमती ऐडीको नाम सिफारिस गर्नु भएकोजानकारी एमाले हुम्ला स्रोतले जनाएको छ । 

‘एकल रुपमा नाम सिफारिस गर्न आकांक्षी नेताहरुबाट सहमती नजुटेपछि केन्द्रीय सर्कुलर अनुशार दुई पुरुष र एक महिलाको नाम पठाउने प्रावधान अनुशार जिल्ला कमिटिले दल रावल, दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरिएको छ,’ सुर्खेतमा रहेका एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीले भने ‘हामीले केन्द्रको सर्कुलर अनुसार सिफारिस गरेका छौं । अब केन्द्रले गर्ने निर्णइ अनुसार हामी अघि बढ्छौं ।’

पार्टीको केन्द्रीय सचिवालय बैठकले औपचारिक रुपमा पार्टी निर्वाचन केन्द्रीत रहेको उल्लेख गर्दै अध्यक्ष वुमीले जिल्लाकालसात वटै गाउँ कमिटी, ४४ वटै वडा कमिटिलाई निर्वाचन केन्द्रीत अभियानमा लाग्न आग्रह गरेका छन् ।  

आगमी फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ गोरख बहादुर बोगटीलाई एकल सिफारिस गरेर पिछडिएको क्षेत्रतर्फ एकल सिफारिस गरेको एमालेले प्रत्यक्ष तर्फ पुर्व सामाजिक विकास मन्त्री रावल पुर्व अदानचुली गाउँपालिका अध्यक्ष फडेरा र उपाध्यक्ष ऐडीलाई सिफारिस  गरेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...