नेभिगेशन
राजनीति

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

सिमकोट । आसन्न फागुन २१ गतेको निर्वाचनका प्रत्यक्ष निर्वाचन प्रर्णालीतर्फ एमालेले तिनजनाको नाम सिफारिस गरेको छ । 

एकल रुपमा नाम सिफारिस गर्न पटक पटक बैठक र परामर्श गरेको एमाले जिल्ला कमिटि हुम्लाले अन्तत दल रावल, दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरेको हो ।

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार बन्नु भएका दल फडेरा र महिलाबाट सौमती ऐडीको नाम सिफारिस गरेको छ । 

बुधबार सुर्खेतमा बसेको एमाले कर्णाली प्रदेश बैठकमा जिल्लाको तर्फबाट पार्टी अध्यक्ष ज्ञामी बुमीले पार्टी केन्द्रको निर्देशन अनुशार हुम्लाबाट दल रावल, दल फडेरा र सोमती ऐडीको नाम सिफारिस गर्नु भएकोजानकारी एमाले हुम्ला स्रोतले जनाएको छ । 

‘एकल रुपमा नाम सिफारिस गर्न आकांक्षी नेताहरुबाट सहमती नजुटेपछि केन्द्रीय सर्कुलर अनुशार दुई पुरुष र एक महिलाको नाम पठाउने प्रावधान अनुशार जिल्ला कमिटिले दल रावल, दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरिएको छ,’ सुर्खेतमा रहेका एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीले भने ‘हामीले केन्द्रको सर्कुलर अनुसार सिफारिस गरेका छौं । अब केन्द्रले गर्ने निर्णइ अनुसार हामी अघि बढ्छौं ।’

पार्टीको केन्द्रीय सचिवालय बैठकले औपचारिक रुपमा पार्टी निर्वाचन केन्द्रीत रहेको उल्लेख गर्दै अध्यक्ष वुमीले जिल्लाकालसात वटै गाउँ कमिटी, ४४ वटै वडा कमिटिलाई निर्वाचन केन्द्रीत अभियानमा लाग्न आग्रह गरेका छन् ।  

आगमी फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ गोरख बहादुर बोगटीलाई एकल सिफारिस गरेर पिछडिएको क्षेत्रतर्फ एकल सिफारिस गरेको एमालेले प्रत्यक्ष तर्फ पुर्व सामाजिक विकास मन्त्री रावल पुर्व अदानचुली गाउँपालिका अध्यक्ष फडेरा र उपाध्यक्ष ऐडीलाई सिफारिस  गरेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।