नेभिगेशन
राजनीति

हुम्लामा उम्मेदवार उपर उजुरी कसैको परेन


सिमकोट 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार आज उजुरी दिन सकिने व्यवस्था गरेका थियो  । तर हुम्लामा कसैको पनि दाबी बिरोध उजुरी नपरेको जिल्ला मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभएको छ । आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको हो ।

हिजो ८ वटा दलले मनोनयन दर्ता गरेपनि त्यसका विरुद्ध कसैको पनि दाबी बिरोध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत बरालले बताउनु भएको छ । उक्त उजुरीपछि यहि माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको जनाएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको बरालले बताउनुभयो ।


प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न  चुनावी प्रचार प्रसारमा लाग्न अपिल

नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न चुनावी प्रचार प्रसारमा लाग्न अपिल

निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख...
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै