नेभिगेशन
राजनीति

मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

सिमकोट 
नेकपा प्रतिनिधि सभन सदस्य निर्वाचनमा उम्मेरदारी दिएका मितेरी पार्टीका उमेरदवार जयबहादुर शाहीले आप्mनो उम्मेरदवार फिर्ता लिनु भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार उम्मेरदवार फिर्ता लिन तोकिएको निर्धारित समयमा शाहीले एमालेका उम्मेरदवार दल फडेरालाई समर्थन गर्दै आज अपरान्ह १ बजे आप्mनो उम्मेरदारी फिर्ता लिनु भएको हो ।

पछिल्लो समय देशको अस्थित्व रक्षाका लागि समकालीन दलहरुमा एमालेको विकल्प नभएको भन्दै उम्मेरदवार शाहीले आफू एमालेमै समाहित हुने गरी उम्मेरदारी फिर्ता लिएको जानकारी दिनु भएको छ । नेकपा –एमालेका केन्द्रीय सदस्य तथा हुम्लाका निर्वाचन संयोजक दल रावल, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदार दल फडेरा सहितको टोलीसँग मुख्य निर्वाचन कार्यालय पुग्नु भएका शाहीले आफू लामो समय एमालेको राजनीतिमा संलग्न भएपनि केहि कारणले मितेरी पार्टीको तर्फबाट मनोनयन दर्ता गराएपनि आजदेखि मूल घर एमालेमै फर्कर्दै उम्मेरदारी फिर्ता लिएको जानकारी दिनुभएको छ ।

 शाहीले उम्मेरदारी फिर्ता लिएलगत्तै एमालेका उम्मेरदवार दल फडेरा, गोरखबहादुर बोगटी, निर्वाचन परिचालन मूल समितिका संयोजक दल रावलले शाहीलाई खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको छ । शाहीले औपचारिक रुपकमा उम्मेरदारी फिर्ताको निस्सा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बुझेपछि हुम्ला निर्वाचन क्षेत्रका लागि ७ जना उम्मेरदवार चुनावी मैदानमा हुमिने भएका छन् । गएको माघ ६ गते ८ जनाले उम्मेरदारी दर्ता गराएको भएपनि अब सात जान मात्रै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै