नेभिगेशन
राजनीति

एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

सिमकोट । नेपका (एमाले) हुम्लाले प्रतिनिधि सभा सदस्य निर्वानचको प्रचार–प्रसार बकार्यलाई जिल्लाभर एकै साथ शुरु गर्ने भएको छ । 

आइतबार बसेको निर्वाचन परिचालन मूल कमिटीको बैठकले यहि माघ १४ गते जिल्लाका ४४ वटै वडाबाट एकै साथ प्रचार अभियान सञ्चालन गर्ने भएको हो । 

एमाले हुम्लाको निर्वाचन परिचालन मूल कमिटीको संयोजक तथा पार्टी केन्द्रीय सदस्य दल रावलको अध्यक्षतामा बसेको बैठकले माघ १४ गते जिल्लाका ४४ वटै वडाहरुको बैठकको आयोजना गरेर एकै साथ प्रचार अभियान थाल्ने निर्णय गरेको प्रचार–प्रसार उपसमितिका संयोजक तिर्थराज बोहराले जानकारी दिए । 

एमाले हुम्लाका सचिव समेत रहेका बोहराका अनुसार १४ गते जिल्लाका सबै वडा कमिटीहरुले बैठकको आयोजना गरेर वडा निर्वाचन कार्यालयको स्थापना गर्ने छन् भने जिल्लाको टोलीले सिमकोट गाउँपालिका–५ तल्लो गाउँको चौपाणीबाट औपचारिक रुपमा जिल्लाको प्रचार अभियानको शुभारम्भ गरिने छ । एमाले हुम्लाले पहिलो चरणमा घरदैलो तथा कोणसभा, दास्रो चरणमा पालिका स्तरिय आमसभा र तेस्रो चरणमा विकेन्द्रीत प्रचार कार्यक्रम सञ्चालन गर्ने गरी प्रचार तालिका सार्वजनिक गरेको छ । 

एमालेले सार्वजनिक गरेको प्रचार तालिका अनुसार माघ १५ गते जिल्लाका सातवटै गाउँपालिका कमिटीको बैठक आयोजना गरेर पालिका स्तरिय निर्वाचन कार्यालय स्थापना गरिने छ । 

‘उम्मेरदवार सहितको मूल प्रचार टोलीले माघ १४ गतेदेखि १७ गतेसम्म सिमकोट गाउँपालिका, १८ देखि २० गतेसम्म खार्पुनाथ गाउँपालिका, माघ २१ देखि २५ गतेसम्म सर्केगाड गाउँपालिकामा घरदैलो तथा प्रचारात्मक कोणसभा कार्यक्रमको आयोजना गरिने छ’ निर्वाचन परिचालन कमिटीको संयोजक दल रावलले भने, ‘माघ २६ देखि २९ गतेसम्म चंखेली, फागुन १ देखि ३ गतेसम्म अदानचुली र फागुन ४ देखि ५ गतेसम्म पहिलो चरणको चुनावी अभियान सञ्चालन गरिने छ । हिमपातका कारण आवतजावत गर्न केहि समस्या हुने नाम्खामा भने पहिलो चरणकै कार्यक्रम फागुन १२ देखि १४ गतेसम्म गरिने छ ।’ 

Election-Schdual--1769435229.jpeg
 

एमालेले दोस्रो चरणमा पालिका स्तरिय आमसभाको आयोजना गर्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी फागुन ४ गते अघि आमसभा नगर्न गरेको आग्रह अनुसार फागुन पछि दोस्रो चरणको प्रचार अभियान सञ्चालन गर्ने एमाले हुम्लाले जनाएको छ । 

दास्रो चरण अन्तरगत फागुन ६ गते ताँजाकोट, ७ गते अदानचुली, ८ गते चंखेली गाउँपालिकामा पालिका स्तरिय आमसभाको आयोजना गर्ने एमाले हुम्लाले जनाएको छ । यसैगरी फागुन ९ गते सर्केगाड, १० गते खार्पुनाथ, ११ गते सिमकोट र १२ गते नाम्खा गाउपालिकामा एमालेले आमसभाको आयोजना गर्नेछ । 

फागनु १५ देखि १८ गतेलाई प्रचारको तेस्रो चरणका रुपमा लिएको एमाले हुम्लाले जिल्लाका सात गाउँपालिका र ४४ वटै वडाका नेता कार्यकर्ताले घरघरमा गएर मतदातालाई मतदान गर्ने काम शिकाउने अभियान सञ्चालन गर्नेछ ।

निर्वाचन प्रचार अभियानमा जनवर्गिय संगठनहरुका नेता कार्यकर्तालाई अनिवार्य परिचालित हुन निर्देशन दिएको छ । 
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले केन्द्रीय सदस्य दल फडेरालाई प्रत्यक्ष र पुर्व स्थायी कमिटि सदस्य तथा पुर्व कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीलाई समानुपातिक उम्मेरदवार बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...