नेभिगेशन
राजनीति

‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक


सिमकोट

नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
 ‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
प्रतिबद्धता–पत्रमा हुम्लाको भौगोलिक विकटता र विकासमा पछाडी परेको अवस्थालाई ध्यानमा राखिएको उल्लेख छ । सडक, सिचाई, कृषि, पूर्वाधार, यातायात, बिजुली, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य रहेको नेकपा एमाले हुम्लाका निर्वाचन संयोजक तथा केन्द्रिय सदस्य दल रावलले जानकारी दिनुभयो । 


एमालेले कर्णाली करिडोर उत्तरदक्षिण लोकमार्ग हिल्सा सुर्खेत सडक खण्डको स्तरोन्नती गदैँ मित्र राष्ट चीन भारत जोडने अन्तराष्टिय टु लेन फाष्टटयाकको रुपमा विकासमा पहल गर्न योजना अघि सारेको छ । अन्तर जिल्ला सडकका रुपमा रहेका सल्लीसल्ला मुगु रारा सडकको स्तरोन्नती गदैँ रणनीति पर्यटन सडक नीतिगत कदम चाल्ने घोषण पत्रमा उल्लेख छ ।


 जिल्ला भित्रका सबै पालिका केन्द्र जोडने सडकको गुणस्तर वृद्धि गर्न पहल गदैँ कवाडी खगाल गाउँ जोडने सियालीपाखा सडक लिमि लाप्चा जोडने सडक, चुवाखोला सडक पिप्लाङ टाँके सडक सडकलाई रणनीतिक सडकको रुपमा विकास गरिने नेकपा एमाले निर्वाचन प्रचार कमिटिका संयोजक रावलले प्रतिवद्धता पत्र घोषणा गर्नु भएको छ ।

जिल्ला भित्र पाइने जडीबुटी फलफुल तथा जैविक विविधताको संरक्षण प्रशोधन सम्र्वदन र बजारीकरण लागि नीतिगत व्यवस्था सहित पहल गरिने संयोजक तथा केन्द्रिय सदस्य रावलको भनाई छ । विद्युतिकरण सहित उज्यालो हुम्ला यथासक्य राष्टिय प्रसारण लाइनमा जोडी जिल्लाका सबै बस्तीहरुमा विद्युतिकरण व्यवस्थ गर्न चुनावी एजेन्डा छ ।


शिक्षा क्षेत्रमा गुणस्तरीय विद्यालय र प्राविधिक शिक्षाको पहुँच बढाइने, युवालाई सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा आधारभूतदेखि विशेषज्ञ सेवासम्म जिल्लामै उपलब्ध गराउने र स्वास्थ्य संस्थालाई बलियो बनाउने योजना समेटिएको छ ।
कृषि, पशुपालन, जडीबुटी र पर्यटनको विकासमार्फत स्थानीय आम्दानी बढाइने र आर्थिक गतिविधि विस्तार गरिने एमालेको भनाइ छ ।  


साथै सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीमार्फत हुम्लालाई समृद्ध बनाउने प्रतिबद्धता पार्टीले जनाएको छ । 
 प्रतिबद्धता–पत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि जनताको साथ आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गर्न एमाले हुम्लाले मतदातासँग अपिल गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै