नेभिगेशन
समाज

भतिजको कुटाईबाट काकाको मृत्यृ

सिमकोट 

सर्केगाड गाउँपालिका वडा नम्बर ६ स्थित गिउसीका २८ वर्षीय पुसे लवाडलाई कुटपिट गरि मृत्यु भएको आरोपमा प्रहरीले मृतकका भतिज ३५ वर्षीय नन्दलाल लवाडलाई माघ २४ गते प्रहरीले पक्राउ गरेको छ । 
सर्केगाड गाउँपालिका–६ स्थित स्यालतडी खोलामा माघ २१ गते आफ्नै काका मृतक लवाड ग्यविन जाली भर्ने क्रममा पीडक भनिएका नन्दलाल लवाडले मादक पदार्थ सेवान गरि कुटपिटपछि उक्त ग्याविन जालीबाट धकेलेर भिरबाट खसाल्दा घाइते भएका लवाडलाई माघ २२ गते जिल्ला अस्पतालमा पुराइएको थियो ।
जिल्ला अस्पताल हुम्लामा पुराइएका घाइते लवाडको जिल्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो । कुटपिट गरि घाइते भएका लवाडको जिल्ला बाहिर नेपालगन्ज स्थित सञ्जिबनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो ।


मादक पदार्थ सेवनपछि कुटपिट गरी घाईते बनाई फरार रहेका लावडलाई प्रहरीले सर्केगाड गाउँपालिका–६ गिउसी स्थित जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो । कर्तव्य ज्यान सम्वन्धि मुद्दा दायर भएको घटनालाई माघ २५ गते जिल्ला अदालतमा पठाएको र उक्त घटनाको ७ दिनको म्याद थपि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपक्षिक शंखर खड्काले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।