नेभिगेशन
समाज

दुई वर्षदेखि हराएका र चोरि भएका मोवाइल बुझायो

 सिमकोट


गत दुईवर्षदेखि हराएका तथा चोरी भएका मोबाइलहरू जिल्ला प्रहरी कार्यालय हुम्लाले आज शुक्रबार एक कार्यक्रमका विच बुझाइएको छ । 
यस अघि हुम्ला जिल्लाका विभिन्न सहर तथा गाउँबस्तीबाट हराएका र चोरी भएका एनरोड (टच) मोबाइलहरू आज मोबााइल धनिकै हातमा बुझाइएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो । 


विभिन्न समयमा हराएका र चोरी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन गरिएपछि प्रहरीको अपराध अनुसन्धान काठमाण्डौँ र जिल्ला प्रहरी कार्यालय हुम्लाको गोप्य अनुसन्धानको टालिले उक्त मोबाइलहरू भेटाएपछि आज पत्रकारको रोवहरमा मोबाइल मालिकहरूलाई बुझाइएको थियो ।
गत दुई वर्ष यता हुम्लाबाट १७ वटा मोबाइल हराउनुका साथै ४ वटा मोबाइलहरु चोरी भएका थिए । सबै गरेर २१ वटा टच मोबाइलहरू मध्ये आज १२ वटा मोबाइलहरू मोबाइल धनिहरूलाई जिल्ला प्रहरी कार्यालय मै बोलाएर उनिहरूकै हातमा बुझाएको बताइएको छ ।


हुम्लाबाट हराएका सम्पुर्ण मोबाइलहरू अनुसन्धानका क्रममा जिल्ला बाहिर भेटिएको र प्रहरीको सहयोगमा हुम्लामा पठाएको खवरमा उल्लेख गरिएको छ ।  हराएका र चोरी भएका उक्त मोबाइलहरू १५ देखि ३५ हजार बराबर मुल्यका रहेको बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
भर्खरै