नेभिगेशन
समाज

सर्केगाड ६ बराईको एक घरमा आगलागी हुँदा धनमालको क्षेती


सिमकोट 

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ६ बराईको एक घरमा आगलागी भएकोे छ । घरमा आगलागी हुँदा भौतिक सामग्रीको क्षेती भएको छ । 
सर्केगाड गाउँपालिका–६ बराईका स्थानीय रुपबहादुर बुढाथोकी र विष्णु बुढाथोकीको घरमा आगलागी भएको सर्केगाड प्रहरीचौकीलाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाको स्रोतले जनाएको छ ।


शुक्रबार विहान साढे ११ वजेको समयमा ढुङगा, माटो र काठले बनेको ४ तले १० कोठा भएको कच्चि घरमा सोही ठाउँका बक्त बुढाथोकीका छोरा ५ वर्षीय बालक समिर बुढाथोकीले उक्त घरको  छतमा लाइटर खेलाउने क्रममा सोही घरको छतमा रहेको खरको थुप्रोमा आगलागी हुँदा २ तला माथिको ४ कोठा आगलागीबाट क्षेती भएको प्रहरीले जनाएको छ ।


आगलागीबाट घर भित्र रहेको ६ थान लिउ, ५ थान फेरुवा, खाने कोदो, धान समेत जलेर नष्ठ भएको खवर प्राप्त भएको छ । आगलागीबाट मानवीयसंगै चौपायमा भने कुनै क्षती नभएको र केही समयमा आगो स्थानिय व्यक्तिहरूद्धारा पुर्ण रुपमा नियन्त्रणमा लिएको खवरमा उल्लेख गरिएको छ ।
घटनाको प्रहरी मुचुल्का शनिबार भोलि विहान मात्रै गर्ने भएको् र क्षेतीको पर्याप्त विवरण पनि सोही दिन आउने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंखर खड्काले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।