नेभिगेशन
समाज

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाद्धारा आगलागी पीडितलाई विमा क्षेतीपुर्ति दावी रकम भुक्तानी

सिमकोट

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले खार्पुनाथ गाउँपालिका वडा नम्वर ४ स्थित माझा नीवासी सोभन रावतलाई विमा क्षेतीपुर्ति दावी रकम भुक्तानी गरेको छ । उक्त शिखर इन्स्योरेन्स शाखा कार्यालय हुम्लाले मंगलबार एक कार्यक्रम गर्दै आगलागी पीडित रावतको घरपरिवारलाई क्षेतीपुर्ति विमा रकम भुक्तानी गरेको सोही शाखाका प्राविधिक उपेश भण्डारीले जानकारी दिनुभयो ।


गत असार महिनामा प्रदेश सरकार मार्फत घर विमा कार्यक्रम अन्तरगत हुम्लाको खार्पुनाथ गाउँपालिकाका घरहरू विमा गर्ने कार्यक्रम परेकोले सोही प्राव्धान अनुसार शिखर इन्स्योरेन्स हुम्ला शाखामा उक्त रावतको घर गत असारमा विमा गरिएको थियो ।


विमा गरिएको पीडित सोभन रावतको दुई तले घर गत कार्तिक २६ गते आगलागी भएको र पीडितले दिएको विवरण र प्रहरीको मुचुल्का अनुसार प्रदेश सरकारले विमा मार्फत पीडितलाई आज  
उक्त विमा अनुसार पीडितले आज ८ लाख ५६ हजार ५२ रुपियाँ २१ पैसा बराबर रकमको चेक हस्तान्त्रण गरिएको हुम्ला शाखाका प्राविधिक भण्डारीले बताउनुभयो । सो चेक प्रदेश प्रमुख गणेश प्रसाद जोसीले हस्तान्त्रण गरेको भण्डारीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।