नेभिगेशन
समाज

डाँडाफयाको चुक्याडीको एक घरमा आगलागी हुदा २३ लाख बढीको क्षेती

सिमकोट

सिमकोट गाउँपालिका वडा नम्वर ७ स्थित डाँडाफयाको चुक्याडीमा भएको आगलागीबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । 
मङ्गलबार राति करिब ७ बजे लागेको आगो राति साढे १२ बजे मात्र नियन्त्रणमा आए पनि दुई तले जस्ता पाताले छापेको ४ कोठे घर पुर्ण रुपमा जलेर नष्ठ भएको घरधनी भागेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।


उहाँका अनुसार रातीको समयमा घर परिवारले खाना पकाउनका लागि हिटरमा आगो बालेको र घरधनी देवबहादुर शाही गाइ दुहुनका लागि गोठमा गएको समयमा एक्कासी हिटरको पाइप तातिएर सिलिङ गरेको फल्याकलाई आगोले भेटेपछि आगलागी भएको हो । 


आगलागीबाट घरमा राखेको दुई तोला सुन, चादीका तीनवटा बाला, दुई क्वीन्टल धान, १ सय ६० क्वीन्टल सिमि, चार क्वीन्टल कोदो, एक क्वीन्टल फापर, दुई क्वीन्टल जौ, सिरक, तन्ना, लिउ फेरुवा, भाडाकुडा र नगद २५ हजार गरि २३ लाख ५७ हजार रुपियाँ बराबरको धनमालको क्षेती भएको धारापोरी प्रहरीचौकीका इन्चार्ज हरिसिंह भाटले जानकारी दिनुभयो । 


बुधबार विहान धारापोरी प्रहरीचौकीको टोलि घटना स्थलमा पुगि प्रहरी मुचुल्का गरेपछि उक्त क्षेतीको विवरण एकिन गरिएको प्रहरीले जनाएको छ ।
घरआगलागी भएर पुर्ण रुपमा क्षेती भएपछि अहिले आगलागी पीडित घरपरिवारलाई निकै समस्या भएको घरधनी भागेन्द्र शाहीले बताउनु भएको छ । आगो सोही ठाउँका स्थानीयले करीव पाच घण्टापछि नियन्त्रणमा लिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।