नेभिगेशन
समाज

डाँडाफयाको चुक्याडीका आगलागी पीडितलाई राहत सहयोग


सिमकोट

सिमकोट गाउँपालिका वडा नम्वर ७  डाँडाफयाको औल चुक्याडीका आगलागी पीडितलाई राहत सहयोग गरिएको छ । मङ्गलबार राति करिब ७ बजे लागेको आगोबाट सोही ठाउँका भागेन्द्र बहादुर शाहीको घर पुर्ण रुपमा क्षेती भएपछि आज विहिबार राहत सहयोग गरिएको हो । आगलागीबाट सम्पूर्ण क्षति बेहोर्नुभएका भागेन्द्रबहादुर शाहीका घरपरिवारलाई तत्कालको समस्या समाधान गर्न गुटनेभर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपालको सहकार्य र सिमकोट गाउँपालिकाको समन्वयमा उक्त राहत सामग्री प्रदान गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले बताउनुभयो ।


आगलागीबाट घरभित्रको सम्पुर्ण धनमाल क्षेती गरेकोले दैनिक छाक टार्न समेत कठिनाई भएको वेला सरकारी तथा गैरसरकारी निकायले मलमपट्टी लगाएको आगलागी पीडित शाहीले बताउनुभयो । पहिलो आवश्यक्ता गाँस, बास र कपासका लागि सामग्री सहयोग गरिएको शाहीले जानकारी दिनुभयो । किडाक हुम्लाले तीनवटा कम्मल, तीनवटा तन्ना, तीनवटा डस्ना, दुईवटा जग, आठवटा स्टिलका कचौरा, दुईवटा डेक्ची, आठवटा स्टिलका कप, एउटा बाटा, दश लिटरको दुईवटा ग्यालेन, १५÷१५ वटा नुहाउने र लुगा धुने साबुन, पाँचवटा टुथपेस्ट र आठवटा बरस गरि जम्मा २५ हजार रुपियाँ बराबरको सामग्री सहयो गरिएको संयोजक बुढाले जानकारी दिनुभयो ।


त्यस्तै सोही दिन सिमकोट गाउँपालिकाले पनि पीडितलाई राहत सहयोग गरेको छ । राहत स्वरूप चामल, पीठो, चिउरा, तेल, मसला, पाल, कम्बल, बाल्टिन र जग लगायतका सामग्री वितरण गरिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।