नेभिगेशन
समाज

हुम्लामा आइ पुग्यो मतपत्र र निर्वाचन सामाग्री

सिमकोट

हुम्ला जिल्लामा पनि मतपत्र सहित निर्वाचन सामग्री आई पुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशले हिमाली जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर मतपत्र सहति अन्य निर्वाचन सामग्री पठाएको हो । शनिबार विहान नेपाली सेनाको हवाई जहाजमा सुर्खेतबाट मतपत्र सहित अन्य निर्वाचन सामग्री हुम्ला आई पुगेको सहायक निर्वाचन अधिकृत श्रीदिव वाग्लले बताउनुभयो ।

निर्वाचन आयोग कर्णाली प्रदेशले हिमाली जिल्लामा मतपत्र सहित अन्य निर्वाचन सामग्री हवाई मार्गबाट पठाउन सुरु गरेको उहाँले बताउनुभयो ।
शनिबार सेनाको जहाजले पहिलो उडान हुम्लामा गरेर १३ प्रकारका सामाग्री हुम्ला आई पुगेका छन । आज जिल्लामा ३९ हजार समानुपातीक तर्फका र ३७ हजार प्रतक्ष तर्फका मतपत्र आइ पुगेको खवर प्राप्ता भएको छ ।

त्यस्तै मतदाता नामावली १३०, मतपेटिका स्टिकर २६८, निर्वाचन सम्बन्धि ऐन नियम संग्रह ३, मतदान निर्देशिका ७०, मतगणना निर्देशिका ३, स्टप्याम्प प्याड मसी २०१, नउड्ने मसिको मार्कर २०१, स्वस्तिक छाप ५३६, स्टयाम्प प्याड २०१ वटा हुम्ला जिल्लामा आइ पुगेको सहयाक निर्वाचन अधिकृत वाग्लेले बताउनुभयो ।


मतपत्र सहित अन्य निर्वाचन सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत निलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबावु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका नायव उपरिक्षक पुस्कर सिंह ऐर, अनुसन्धान अधिकृत मेघराज कँडेल, आचार संहिता अनुगमन समितिका अधिकृत राजेन्द्र कुमार चन्द र अंगबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकाया लगाएतको उपस्थिती रहेको थियो । आज जिल्ला बाहिरबाट आएको मतपत्रहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितका साथ पुगाएको खवरमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।