नेभिगेशन
राजनीति

आज राती १२ बजे बाट निवार्चन प्रचारप्रसार गर्न निषेध

सिमकोट
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुरु हुन गही रहेको मौन अवधिको पुर्ण परिपालन गर्ने राजनिति दलले प्रतिवद्धता जनाएका छन् । सोमबार मुख्य निर्वा चन अधिकृतको कार्यालय हुम्लामा सञ्चालन भएको आचार सहिता सम्बन्धि र उम्मेदवार,  उम्मेदवारका प्रतिनिधिहरुसंग गरिएको छलफल बैठकमा राजनिति दलले मौन अवधिको पुर्ण परिपालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।


निर्वाचन आउन अव जम्मा तीन दिन मात्रै बाँकी रहँदै गर्दा निर्वाचन आयोगले आज सोमबार रातिको १२ बजेदेखि मौन अवधि सुरु गर्दै छ । आज रातिको १२ वजेदेखि कुनै पनि राजनिति दलले आचारसहिंता विपरित काम गर्न नमिल्ने र प्रत्येक उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, लगायत राजनिति दलको नेता तथा कार्यकर्ताहरूले मौन अवधि विपरित कार्य गर्न नहुने जनाएको छ ।
उक्त अवधिभर नियम विपरित गतिविधि गरेको खण्डमा निर्वाचन आयोगले उलंघन कर्तालाई कार्वाही गर्ने भएको छ । 


बैठकमा बोल्दै नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बोहराले मौन अवधिको समय भरि आफ्नो पार्टीले नियम विपरित कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो । यसका लागि आजैबाट पार्टीका उम्मेदवार, प्रतिनिधि र नेता तथा कार्यकर्तालाई समेत पुर्व जानकारी गराई आ आफ्नो स्थानमा बस्न आग्रह गर्ने जानकारी गराउनुभयो ।


त्यस्तै यो समय देशले हार्ने र व्यक्तिले जित्ने भएकोले हुम्लामा सबै पार्टीले सम्मेमित हुनु पर्ने भएको राप्रपाका जिल्ला अध्यक्ष विकास महतले बताउनुभयो । अध्यक्ष महतले यसमा सबै राजनिति दलले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 


स्वतन्त्र वाताबरणमा निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले सरोकारवाला निकायदेखि अन्य मतदाता र उम्मेदवारको कर्तव्य, जिम्मेवार र महत्वपुर्ण भूमिका रहने भएकोले यसका लागि सबै लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले आग्रह गर्नुभयो । उहाँले २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै जसो कुरा फर्जि मत र वारेसनामा गर्ने जानकारी आएकोले यो नियम विपरितको कार्य हो । यो कार्य गर्न नपाइने जानकारी दिनुभयो । प्रजिअ रेग्मीका अनुसार दफा ५२ मा उल्लेख गरिएको अनुसार मतदान केन्द्रमा अशक्तहरु, अपङ्गता भएका व्यक्ति बाहेक अन्य व्यक्तिहरूले त्यसरी वारेसनामा गर्न नमिल्ने भएको छ ।


बैठकका अध्यक्ष एबम मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार यो निर्वाचन सतभाव पुर्ण मनोनयन दर्ता भए जस्तै मतदान पनि सद्भाव पुर्ण हुने बताउनुभयो । मुख्य निर्वाचन अधिकृत बरालले मौन अवधि सबैले परिपालना गर्न अनुरोध गर्नुभयो ।


उक्त चुनावमा मतदान प्रतिनिध वा उम्मेदवारका एजेन्डले मतदान अधिकृत संग भेरिफाई गरेर जानकारी गराए मात्रै तोकिएका व्यक्तिहरूको वारेस गर्न मिल्ने बताइएको छ । मतदान केन्द्रमा जो सुकैले अर्काको मताधिकारलाई कुन्ठित गर्न नदिनका लागि सबैको भुमिका रहने भएकोले सबैलाई पुर्व जानकारी गराउनु पर्ने भएको छ ।


उक्त बैठकमा सन्चारकर्मीहरुले पनि आजबाट आचारसंहिता विपरित पार्टीका सुचना, विज्ञापन, समाचार बजाउन नमिलने भएको बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै