नेभिगेशन
राजनीति

हुम्लामा हर्षोल्लासका साथ शान्तिपुर्ण मतदान सुरु

सिमकोट

जेन–जी विद्रोहले उथलपुथल राजनीति र प्रतिनिधिसभा विघटनको पृष्ठभूमिमा आज देशमा पहिलो जननिर्णय हुँदै छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । मतपरिणामले आन्दोलनपछिको शक्ति सन्तुलन, नेतृत्वको वैधता र लोकतन्त्रको दिशाबारे पनि स्पष्ट सन्देश दिनेछ । 
नाम्खाको हिमशिखर आवि तीलमा पनि मतदान सुरु भएको छ भने भृकुटी आवि जाङ, सुनखानी आवि हल्जीमा केही बेरमा मतदान सूरु हुने भएको मुख्य निर्वाचन अधिकुत निलकण्ठ बरालले जानकारी दिनु भएको छ । हुम्ला जिल्लामा ५० प्रतिशत मतदान केन्द्रमा मतदान कार्य सुरु भएको  मुख्य निर्वाचन अधिकुत बरालले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य सान्त र मर्यादित वातावरणमा भैरहेको बरालले बताउनु भएको छ । जिल्लाका सम्पुर्ण मतदान केन्द्रको बारेमा जानकारी आउने क्रम जारी रहेको उहाँले बताउनु भएको छ ।  


मतदान केन्द्रमा स्थानीय मतदातादेखि लिएर उम्मेदवारहरूले समेत सबैले निर्वाचन सुसम्पन्न गर्ने, उम्मेदवारको तर्फबाट एकजना र राजनिति दलको तर्फबाट दुई जना प्रतिनिधि (एजेण्ड) हरू मतदान स्थलमा बस्न पाउने, मतदाता परिचय पत्र हराएको भए नेपाल सरकारद्वारा फोटो सहितको अन्य परिचयपत्र आधारमा मतदान गर्न पाउने, अशक्त, अपांगता भएको व्यक्ति, जेष्ठ नागरिकलाई मतदाताले आफै मत संकेत नसकेको खण्डमा एकाघरका सदस्य वा इच्छाएको व्यक्तिलाई साथमा लगेर मतदान गर्न मिल्ने भएको छ । 


तर जो सुकैले र जो पाएयो त्यही व्यक्तिले वारेसनामा गर्न नमिल्ने निर्णय समेत गरिसकेको छ । बैठकले मतदान केन्द्रको तीन सय मिटर टाढा लागु पदार्थ र मादक पदार्थ विक्रि वितरण गर्न नपाइने, पाँच सय मिटर भन्दा नजिक पोष्टर, पम्पुलेट टास्न नपाउने निर्णय गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै