नेभिगेशन
राजनीति

निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह


सिमकोट

जिल्ला निर्वाचन कार्यालय हुम्लाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न आग्रह गरेको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारहरूलाई आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेश गर्न आग्रह गरिएको हो ।


जिल्ला निवार्चन कार्यालय हुम्लाले मंगलबार एक सुचना प्रकाशित गरेर जिल्लाका सात वटा राजनितिक दलहरुलाई निर्वाचन खर्च विवरण बुझाउन भनी पत्रचार गरेको निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी भिम बहादुर रोकायाले जानकारी दिनुभएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा उम्मेदवारी दिएका सबै उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले हुम्लाले जनाएको छ ।


आयोगद्धारा स्वीकृत खर्चको विवरण सार्वजनिक वडा कार्यालय, गाउँपालिकाको कार्यालयको सुचना पाटीमा वा सार्वजनिक स्थलमा टाँस गरेर वा उम्मेदवारको आफ्नो फेसबुकमा सार्वजनिक गरेको फोटो वा स्क्रिनसट समेत प्रिन्ट गरी जिल्ला निर्वाचन कार्यालयमा अनुसुची ४१ बमोजिम निर्वाचन खर्च विवरण पेस गर्न आग्रह गरिएको निर्वाचन अधिकारी रोकायाले जानकारी दिनुभएको छ । 


 जिल्ला निर्वाचन कार्यालयका  अधिकारी भिम बहादुर रोकाया अनुसार उम्मेदवारहरूले तोकिएको व्यवस्था अनुसार निर्वाचन खर्च सार्वजनिक गरी विवरण कार्यालयमा बुझाउनुपर्ने छ । अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचनमा आयोगमा बुझाउनुपर्ने  अधिकारी रोकायाले बताउनु भएको छ हुम्लामा ७जना उम्मेदवार रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै