नेभिगेशन
राजनीति

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

सिमकोट
 
नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको तर्फबाट भएको खर्च विवरण सार्वजनिक गर्नु भएको हो ।


निर्वाचनका क्रममा फडेराले मतदाता नामवली खरिदमा १० हजार, सवारी साधन भाडामा ५ लाख, गोष्ठि तथा कार्यकर्ता परिचालनमा २ लाख ३४ हजार, छापा तथा विधुतीय प्रचार प्रसारमा २ लाख, कार्यालय सञ्चालनका लागि १ लाख, निर्वाचन प्रतिनिधि परिचालन ५ लाख, सामान ढुवानी ३० हजार, प्रचार छपाइ सामग्री ५ लाख र विविध खर्च १७ हजार गरि जम्मा २० लाख ९१ हजार रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ रहेको हुम्ला जिल्लामा आफुले खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय हुम्लामा बुझाएको नेकपा एमालेका केन्द्रिय सदस्य एबम उम्मेदवार दल फडेराले जानकारी दिनुभयो । 


त्यस्तै नेपाली कम्युनिष्ठ पार्टी नेकपाका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले पनि आफ्नो निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नु भएको छ । उहाँले सम्र्पक कार्यालय स्थापना तथा सञ्चालनमा ७० हजार, प्रचार प्रसार सामग्री २ लाख, निर्वाचन केन्द्रित बैठकमा ९० हजार, हवाई भाडा १ लाख, वडागत प्रचार व्यवस्थापनमा १३ लाख २० हजार, स्टेशनरी ३० हजार, अभियानका क्रममा खाजा खाना ३ लाख, सवारी साधन भाडा १८ दिनको ५ लाख र मनोनयन दर्ताका लागि १० हजार गरि जम्म २६ लाख २० हजार रुपियाँ खर्च भएको उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले बताउनु भएको छ ।
उहाँले पनि निर्वाचनमा भएको खर्च विवरण जिल्ला निर्वाचन कार्यालय हुम्लामा बुझाउनु भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै