नेभिगेशन
चंखेली

अज्ञात रोगले हुम्लामा ५० पशुवस्तु मरे, पशु प्राविधिक बेखवर

एकसतादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् ।
अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म ६ भैसी, ६ दुहुना गाई र अन्य पशुवस्तु मरेको चंखेली २ भट्टेबाडाका वृष धितालले जानकारी दिए । ‘असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेली गाउँपालिकाको दार्मा, मिमि, भट्टेबाडा लगायतका क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौं । धितालले भने, ‘अधिकांश पशुवस्तु अहिले जंगलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशुवस्तुको बारेमा एकिन विवरण आउन बाँकी छ ।

विभिन्न गाउँबाट आएको खबर अनुसार एक सय भन्दा बढी पशुवस्तु बिरामी परेको उल्लेख गरेको धितालले गाउँपालिकाको पशुशाखामा औषधीका लागि गएपनि कोही पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको स्थानीयको भनाई छ । असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशुस्वास्थ्यकर्मी गाउँमा नभएपछि बरिाम िपरेका पशुहरुलाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीय पदबबहादुर सिंहले बताए ।

‘गाउँगाउँबाट आप्mना पशु बिरामी भएको खबर आउने गरेको छ । सिंहले भने, ‘गाउँपालिकाा औषधीका लागि जाँदा पशु शाखाको ढनेका बन्द भएकाले रित्तो हात फर्किनु परेको छ ।ु बिरामी पशुहरुको उपचारका लागि जिल्ला पशु सेवा कार्यालयमा खबर गर्दापनि स्वास्थ्यकर्मी आउन ढिला गरेका कारण पनि मर्ने पशुको संख्या बढ्दै गएको भनाई स्थानीयको छ ।

यता जिल्ला पशुस्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुहरुमा अज्ञात रोग फैलिएको खबर आएकोले तत्काले पशुस्वास्थ्यकर्मीलाई औषधीसहित पठाउने काम भएको दावी गरेको छ । गाउँपालिकाले पशुको औषधी खरिद नगरेकाले जिल्लाबाटै पठाउनु पर्ने हुँदा केही ढिला जस्तो भएको बताएका जिल्ला पशु सेवा कार्यालय हुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले तत्कालै पशुस्वास्थ्इकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने काममा लागेको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।