नेभिगेशन
राजनीति

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

सिमकोट
पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको भए पनि हुम्लामा भने अपरान्ह ४ वजेबाट सुरु गरेको छ ।
नेकपा एमाले उपाध्याक्ष प्रकासबहादुर शाहीको नेतृत्वमा जिल्ला कमिटिका पदाधिकारी, प्रदेश कमिटि सदस्यहरू, पार्टिका विभिन्न जनवर्गिाय संगठनमा आवद्ध कार्यकर्ताहरू एमालेका केन्द्रिय अध्यक्ष ओली रिहाईको माग गर्दै शनिबार सडकमा उत्रिएको हो । हुम्लामा शान्तीपुर्ण आन्दोलन गर्दै अध्यक्ष ओलीमो रिहा गर्न माग गरिएको जिल्ला कमिटि उपाध्यक्ष प्रकास बहादुर शाहीले बताउनुभयो । 


आन्दोलनमा  बिभिन्न नारा लगाउँदै सदरमुकाम सिमकोटको लोकतन्त्र चोक हुँदै काठे चुलीमा कोणसभामा परिणत भएको थियो । नेकपा एमाले जिन्दाबाद, जन्ताको बहुदलिय जनबाद जिन्दाबाद, लुसिफरको पाराले दुख पाए साराले, नलायक गृहमन्त्री राजिनामा दे, नलायक सरकार मुर्दाबाद, राजनैतिक प्रतिसोद बन्दगर, गैर कानुनी गिरफ्तारी फिर्ता गर, कार्की आयोगको प्रतिवेदन खारेज गर, बैदेशिक हस्ताक्षेप बन्द गर, भदौ २४ का विध्वांशकारीलाई कार्वाही गर लगायतका नारा लगाउँदै विरोध पर्दशन गरिएको थियो ।


विरोध पर्दशनमा नेकपा एमाले प्रदेश कमिटि सदस्य डवल रावत, नवराज महतारा, जसु परिायार, जिल्ला कमिटि उपाध्याक्ष प्रकाशबहादुर शाही, उपसचिव प्रदिप लामा लगायतका अन्य कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै