नेभिगेशन
समाज

हुम्लाका छ वटा परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण सुरु


सिमकोट

हुम्ला जिल्लाका छ वटा एसईई परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण कार्य सुरु भएको छ । उत्तरपुस्तिका परिक्षण सम्वन्धि कार्यबिधि ढिलो गरि प्राप्त हुनु र बिहीबार रातीबाट हुम्लामा मोवाईल तथा इन्टरनेट सेवा अवरुद्ध भएका कारण शुक्रबार बिहानबाट मात्र उत्तरपुस्तिका परिक्षण कार्य सुरु भएको हो ।


शुक्रबार बिहानबाट जिल्लाका छ वटा एसईई परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण कार्य सुरु भएको शिक्षा बिकास तथा समन्वय इकाईका निमित्त प्रमुख खड्क बहादुर हमालले बताउनुभयो । उत्तरपुस्तिका परिक्षण कार्य अनिवार्य अंग्रेजी बिषयको सुरु भएको उहाँले बताउनुभयो ।


उत्तरपुस्तिका परिक्षा सुरु भएका एसईई परिक्षा केन्द्रहरुमा हिमज्योती मावि सर्केगाड, सीता मावि छिप्रा, मानसरोवर मावि सिमकोट, बालमन्दिर मावि सिमकोट, कोट मावि रोडिकोट र सुर्योदय मावि केन्द्र श्रीनगर रहेका छन् ।


अब ताँजाकोट गाउँपालिकाको मदानादेव मावि परिक्षा केन्द्रमा मात्र सो कार्य सुरु हुन सकेको छैन । सो केन्द्रमा विषय बिज्ञ शिक्षक बाहिर रहेको तर आएदै गरेकोले अब चाँडै परिक्षण कार्य सुरु हुने भएको छ । उत्तरपुस्तिका परिक्षणका लागि गोप्य कोठा र सुरक्षा ब्यवस्था कडा गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।