नेभिगेशन
समाज

विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा विरामिलाई पोषणयुक्त खाने कुरा सहयोग


सिमकोट
‎जिल्ला अस्पतालका बिरामीलाई पोषणयुक्त खानेकुरा र सरसफाइका सामानहरू सहयोग गरिएको छ ।
‎विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा मङगलबार बिरामीलाई ती सामाग्री सहयोग गरिएको हो ।


‎मानव पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो हित, भन्ने मुख्य नाराका साथ हुम्लामा मनाइएको विश्व स्वास्थ्य दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई पोषणयुक्त खानेकुराका साथै सरसफाइका सामाग्री सहयोग गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीले जानकारी दिनुभयो ।


‎अस्पतालमा भर्ना भएका सात जना बिरामीलाई उक्त  सामाग्री सहयोग गरिएको हो । सहयोग गरिएका सामाग्रीमा हर्लिक्स, जुस, अम्बा, बिस्कुट जस्ता पोषणयुक्त खानेकुरा र ब्रस, मन्जन, नेलकटर र मुख धुने साबुन समेत सहयोग गरिएको थियो ।


‎दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले मानिसको स्वास्थ्यलाई स्वस्थ राख्नका लागि आफूले पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
‎स्वास्थ्य सबै भन्दा महत्वपूर्ण धन भएका कारण यसका सुरक्षा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी उपाध्यक्ष सुशीला भाम रोकाया लगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

 सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा...
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
भर्खरै