नेभिगेशन
समाज

नौ औँ जिल्ला सभा सम्पन्न, पालीकाका जनप्रतिनिधिहरूको उपस्थिती न्युन

सिमकोट

जिल्ला समन्वय समिति हुम्लाको ९ औँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति हुम्लाको आयोजनामा शुक्रबार उक्त जिल्ला सभा सम्पन्न भएको हो । सहकार्य समन्वय, शुसासन र विकास ९ औँ जिल्ला सभाको प्रमुख प्रयास भन्ने मुल नाराका साथ आज जिल्ला समन्वय समितिको आफ्नै हलमा उक्त सभा सञ्चालन भएको थियो ।


जिल्लाभित्र रहेका सबै स्थानीय तह (गाउँपालिका) का जनप्रतिनिधिहरू सम्मिलित भई गठन हुने एउटा समन्वयात्मक सभा हो । तर आजको सभामा जिल्लाका सातवटा गाउँपालिका मध्य सिमकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकाका बाहेक अन्य कुनै पनि गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिती नरहेको पाइएको थियो ।


यी सवै जनप्रतिनिधिहरू उपस्थिती भएर जिल्लाभित्रका स्थानीय तहहरूबीच समन्वय, सहकार्य र साझा योजना निर्माण गर्ने मञ्च भए पनि यसको खासै कुनै प्रभाव परेको थिएन ।
स्थानीय तहहरूबीच समन्वय र सहकार्य बढाउने, जिल्लास्तरीय योजना तथा विकास कार्यक्रमको छलफल र सुझाव दिने, स्रोत साधनको उचित प्रयोगका लागि मार्गदर्शन गर्ने, र विकासका काममा दोहोरोपन हटाउने लगायत जिल्ला सभाका मुख्य कामहरू रहेका छन् । 
उक्त सभामा पुर्वगतका दिनहरूको भए गरेका कामको मुल्यांकन र आगामी दिनहरूमा हुने निति निर्माण गरिनु पर्ने बोल्ने बक्ताहरूले बताएका थिए ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सदस्य कलबहादुर हमालले पालिका अध्यक्ष, उपाध्यक्ष जिल्ला भेलामा उपस्थित नभए पनि आफ्नो काम कर्तव्य पुरा गरेको भन्दै कार्य योजना पेश गरेको प्रति सन्तोष जनक रहेको हमालले बताउनु भयो ।

व्यवस्था परिवर्तन भएको होकी या सरकार परिवर्तन भएको हो हामी जनताले बुझ्नु पर्दछ, काम गर्ने क्रममा केही कमी कमजोरी हुन सक्छन । गणतन्त्र आइ सकेपछि नेताले केही काम पनि काम गर्न सकेनन भन्न्े ह्वीप चलाइयो भन्दै अर्का कर्णाली प्रदेश कै सदस्य रण सिंह परियारले भन्नु भयो ।


कार्यक्रममा बोल्दै सभाका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका संसदीय दलका नेता एबम पुर्व मुख्य मन्त्री जीवन बहादुर शाहीले पैसा दिने कार्यक्रम भइ दिएको भए खट्टा राख्ने ठाउँ हुँदैन थियो होला जिल्ला सभामा उपस्थित नहुने गाउँपालिकाका जनप्रतिनिहरूलाई जिल्ला समन्वय समिति हुम्लाले कावाही गर्ने अधिकार सरकारले दिएको छ । उहाँले भन्नुभयो, हुम्ला विकास नभएको होइन, चामलको कुपनको लागि जिल्ला प्रशासन कार्याल य धाउनु पर्ने बाध्यता थियो । प्रमुख जिल्ला अधिकारीको सबै भन्दा ठूलो काम कुपन वितरण गर्ने थियो । अस्पतालमा कार्यालय सहयागिले औषधि वितरण गर्ने अवस्था थियो । अहिले प्रत्येक पालिकामा चिकित्सक र स्वास्थ्य संस्थाको व्यवस्था छ । त्यो हुम्ली जनताले बुझ्न सोचनिय भएको जानकारी  शाहीले गनुभएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।