नेभिगेशन
समाज

लागु औषध नियन्त्रणका लागी विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन

सिमकोट 
जिल्ला प्रशासन कार्यालय हुम्लाले विद्यार्थीहरुसंग लागु औषध नियन्त्रणका लागि जनचेतना मुलक अभियान संचालन गरेको छ ।  सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर परिक्षा केन्द्रमा एसइइ परिक्षा दिएका  विद्यार्थीहरुलाई लागु औषध सेवनका कारण पर्ने असर र लागु औषधले हुने हानी नोक्सानी र कुलतबाट बच्ने उपायका साथै कानुनी उपचारका विषयमा सहजीकरण  गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले जानकारी दिनुभएको छ ।


बिधालयमा पढ्ने १८ देखि २० वर्षका बालबालिकाहरु लागु औषध प्रयोग गर्ने र कुलतमा फस्ने गरेकाले कुलतबाट बच्नका लागि यस्ता औषधीहरुबाट टाढा रहन विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको हो  । 
बिधालयमा पढ्ने बालबालिकाहरु लागु औषधको कुुलतमा लागेकाले यस्ता कार्यमा सचेत रहनु पर्नेमा  लागु औषध नियन्त्रणका बारेमा कक्षा सञ्चालन गरेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु भएको छ ।
लागु औषध सचेतना कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्का र शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख खड्क बहादुर हमालले सहजीकरण गर्नुभएको थियो । 


लागु औषध प्रयोग तथा ओसार पसारमा लागेको कानुनी दायरामा ल्याएर सजाय भोग्नुपर्ने र यस्ता कार्यमा सबैलाई सचेतना फैलाउन आग्रह समेत गरेका छन् । 
सहायक प्रमुख जिल्ला अधिकारी चन्दको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी चन्द, प्रहरी नायव उपरिक्षक खड्का, सुरक्षाकर्मी सञ्चारकर्मी र विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।