नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

 
सिमकोट


जिल्लाको खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
“स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष को अध्यक्षतामा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले राष्ट्रिय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना निर्देशिका अनुसार गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता कायम रहेको बताउनुभयो । आगामी दिनमा पनि राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाले अनिवार्य रूपमा खोप पाउने सुनिश्चितता गर्दै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष रावलले विगतमा खोपको पहुँच नहुँदा बाल मृत्युदर उच्च हुने गरेको स्मरण गर्दै अहिले विभिन्न प्रकारका खोप कार्यक्रम सञ्चालन भएपछि बाल मृत्युदर घट्दै गएको बताउनुभयो । शिक्षा र स्वास्थ्य मानव जीवनका अत्यन्त महत्वपूर्ण आधार भएको उल्लेख गर्दै हुम्लाका अन्य गाउँपालिकाभन्दा खार्पुनाथ गाउँपालिका स्वास्थ्य क्षेत्रमा एक कदम अगाडि रहेको दाबी गर्नुभएका अध्यक्ष रावलले जानकारी दिदैं पूर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी दिनमा पनि दिगो बनाउन स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई अझ सक्रिय भएर काम गर्न अध्यक्ष रावलले आग्रह गर्नुभयो ।   

 

कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, उद्योगी–व्यापारी, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा अभिभावक सबै सरोकारवालाले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा जिल्ला अस्पताल हुम्लाका डाक्टर भिम बुढाले बालबालिकामा देखिने विभिन्न कडा तथा जोखिमयुक्त रोगको नियन्त्रण र निर्मूल गर्न खोप अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।  उक्त कार्यक्रममा सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी शिक्षक विद्यार्थी र स्थानियहरुको सबभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै