नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाज चौथो अंक (4th Episode Ball Awaj 2083-01-29)

हुम्ला मानव विकास सुचांकका हिसाबले मात्र होइन् अधिकार प्राप्तीका हिसाबले पनि निकै पछिल्लो स्थानमा रहेको जिल्ला हो । जहाँ विभिन्न खाले सामाजिक कुरितीका कारण पनि यहाँका वालवालिकाहरु प्रचलित कानूनले प्रदान गरेका अधिकारबाट बञ्चिात हुनु परेको छ । घरको कमजोर आर्थिक अवस्था, पारिवारिक बोझ लगायतका विभिन्न कारणले सानै उमेरमा अर्काको होटेल, पसल र घरमा वाल श्रमीकका रुपमा बस्नुपर्ने अवस्था हुम्लाका वालवालिकाका लागि रहर होइन बाध्यता छ ।

बाह्र
महिना खेतबारीमा काम गरेर मष्किलले ६ महिना पुग्ने हुम्लामा श्रम विना परिवारको हातमुख एक पार्न गाह्रो छ । जसको असर कलिला वालवालिकाहरुमा पनि पर्ने भएकाले हुम्लामा वालश्रमीकको तत्थ्यांक बढि नैं देखिन्छ । वास्तवमा जिल्लाका वालवालिकाहरु वालश्रम किन गरिरहेका छन् ? वालश्रम उनिहरुको रहर हो वा बाध्यता ? वालश्रम गर्ने वित्तिकै के विद्यालयको पढाई छोड्नै पर्छ ? यसका बारेमा आजको कार्यक्रममा ५ वर्षे उमेर देखि वालश्रम गर्दै आएकी सिमकोट ६ की धनपुरी सुनारको वालश्रमिकको कथा ल्याएर आएका छौं । मुटुरोगी आमा र वृद्धवुवाको सहारा बनेकी सुनारको कारुणीक कथालाई आजको वाल संवाद स्तम्भमा समेटेका छौं ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै