नेभिगेशन
समाज

सुरक्षा निकायसँगको ६ बुँदे सहमति पछि दुई दिनदेखि अवरुद्ध कर्णाली कोरिडोर सूचारु

हुम्ला 
हुम्ला बाजुराको सिमा क्षेत्रमा भएको सिमाना विवादले दुई दिनदेखि बन्द कर्णाली कोरिडोको धुलाचौर सडक खण्ड सूचारु भउको छ । बाजुराको हिमाली गाउँपालिका ६ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बिहीबार बिहानदेखि बन्द रहेकोमा ६ बुँदे सहमतिपछि आज दिउँसोदेखि खुलेको हो । कोरिडोर अवरुद्ध गरेको हिमाली युवा समुहसँग बाजुरा जिल्लाका सुरक्षा निकायका प्रतिनिधि, हिमाली गाउँपालिका स्थित राजनीति दलका प्रतिनिधि, वडा अध्यक्षहरुसँगको लामो वार्तापछि हिमाली गाउँपालिकाका अध्यक्ष गोनिद्य बहादुर मल्लको रोहबरमा सडक सुचारु गर्ने सहमति जुटेको हो ।


सहमतिअनुसार हिमाली गाउँपालिका–३ को लाम्पाटामा भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमन गरि सर्जिमन मुचुल्का बनाउने कुरा उल्लेख छ । आक्रमण तथा कुटपिटमा संलग्न हुम्लाको खर्पुनाथ गाउँपालिका– २ र ३ का साथै त्यो घटनामा संलग्न जो कोही व्यक्तिलाई कानुनी दायरामा ल्याउनुका साथै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकको लुटिएको सामानको क्षतिपूर्ति दिने उल्लेख छ । 


कुटपिटमा परेका स्थानीयको उपचारका लागि क्षतिपूर्ति उपलब्ध गराउने, विस्थापित परिवारलाई स्थापित गरि सुरक्षाको प्रत्याभूति दिलाउने, हिमाली – ३ च्याचौरमा निर्माणाधीन प्रहरीका नष्ट गरिएका निर्माण सामाग्रीको क्षतिपूर्ति असुल गरि चौकीको भवन निर्माणका लागि प्रक्रिया तत्कालै अगाडि बढाउने सहमति बाजुराका सुरक्षा निकायका प्रतिनिधि र हिमाली गाउँपालिकाका जनप्रतिनिधिसँग गरिएको छ ।


सहमति २४ घन्टाभित्रै कार्यान्वन प्रक्रियामा लैजान पहल गर्नुपर्ने र त्यसो नभए फेरि अनिश्चितकालिन आन्दोलन गर्ने चेतावनी हिमाली गाउँपालिकका स्थानीयको छ ।
सहमति पत्रमा आन्दोलनरत पक्ष हिमाली युवा क्लबका अध्यक्ष विनोद बुढा, प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, सशस्त्र प्रहरीका निरीक्षक प्रदीप रावत, जिल्ला प्रशासन कार्यालयका प्रतितिधि लगाएको हस्ताक्षर रहेको छ । राजनीतिक दलतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव अशोक पाण्डे, नेपाली कांग्रेसका सभापति अम्मलाल कार्की, नेकपा (एमाले) का पूर्व जिल्ला कमिटी सदस्य बिर्ख भण्डारीले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन ।


गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, वडा नं. ६ का अध्यक्ष प्रेमलाल भण्डारी, वडा नं. ४ का अध्यक्ष भीमानन्द पाण्डेले पनि हस्ताक्षर गर्नु भएको छ ।  यो सहमतीका बारेमा भने हुम्ला पक्षले कुनै प्रतिक्रिया दिएको छैन् । कर्णाली कोरिडोर बन्द गर्न नहुने माग राख्दै आएका हुम्लाका जनप्रतिनिधि, राजनीति दल र स्थानीय वासिन्दाले अबरुद्ध सडक खुलाउने काम सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।