नेभिगेशन
समाज

हुम्ला र बाजुराको सिमा बिवाद,हुम्लामा आन्दोलनको तयारी

हुम्ला
सिमा समस्यालाई लिएर गैर कानूनी रुपमा कर्णाली कोरिडोर बन्द गरेको भन्दै हुम्लाका स्थानीयले आन्दोलनको तयारी  गरेका छन् । हुम्ला–बाजुराको सिमा क्षेत्रमा विवादित भएका भूभागहरु लाम्पाटा, च्याचौर, रानीखर्क (रानीसौन) हुम्लाका भएको यथेष्ठ प्रमाण हुँदाहुदैं बाजुराले एकतर्फ आफ्नो दावी गर्दै उत्तः क्षेत्रमा भोक चलन गरेको नागरिकलाई अनावश्यक दोषी करार गरेको भन्दै सर्व पक्षिय बैठकले आन्दोलनको तयारी थालेको छ । 


आज बिहान सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा बसेको जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी व्यावसायीहरुको बैठकले सर्वपक्षिय बैठकले बाजुराको तर्फबाट कर्णाली कोरिडोर पटक पटक अवरुद्ध गरेर हुम्लाका नागरिकलाई बन्धक बनाउने काम गरेको उल्लेख गर्दै आन्दोलनको तयारी गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो । 


’बाजुरा तर्फबाट प्रतिबन्धीत राष्ट्रिय चरा डाँफेको चोरी शिकारी गर्ने, अवैध रुपमा जंगल फडानी गरेर काठ तस्करी गर्ने जनप्रतिनिधिले नैं उल्टै तस्करीको करार हुम्ली नागरिकलाई गर्ने काम गर्नु कुनैपनि हालतमा राम्रो होइन भन्ने निष्कर्ष जिल्लाको सर्वपक्षिय बैठकले गरेको छ’, रावलले भन्नुभयो ’अवैध काम गर्ने जनप्रतिनिधि र बाजुरा पक्षलाई कानून बमोजिम कारबाहीको माग र अवरुद्ध बनाइएको कर्णाली कोरिडोरलाई नियमित सूचारु गर्ने माग सहित जिल्लामा समेत आन्दोलनको तयारी भैरहेको जानकारी दिनु भएको छ । यसैगरी यहाँ स्थानियले गुगोल नभई भुगोलको आधारमा सिमा क्षेत्र छुट्टाउर्ने बताएका छन । सत्य तथ्य प्रमाण जुटाउनका लागी सबैले आ आफ्नो तह र तप्काबाट लाग्नुपर्ने आजको बैठकले जनाएको छ ।

हुम्ला बाजुरा बिच रहेको सिमाक्षेत्रमा भएको विवादका कारण कवाडी देखि रानीखर्क क्षेत्रका नागरिक त्रसित भएकाले उनीहरुको सुरक्षा तथा सिमाक्षेत्रलाई शान्तिपुर्ण वातावरण तयार पार्न हुम्ला जिल्लाको तर्फबाट सुरक्षा गस्ती परिचालन गर्न र विद्यमान प्रमाण तथ्य प्रचलित भोगचलन, सामाजिक प्रचलनका आधारमा छानविन गर्नका लागी अधिकार सम्पन्न आयोग गठनका लागी जिल्ला प्रसासन कार्यालय मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने , हुम्ला जिल्लाको सिमानामा पर्ने क्षेत्रहरु कवाडी खोला, काँडा जिमाना,मासपुर, जौलीसाँघु, गोल्पाखोलो, दोगाणी,लामपाटा, च्याचौर, सैन, रानीखर्क, सैपाल हिमालको बेसक्याप्प क्षेत्रको संरक्षण, विकास र प्रवद्धनका लागी भौतिक संरचना निर्माणका लागी रानीखर्कमा अस्थायी प्रहरी चौकी स्थापनाका लागी सम्बन्धीत निकायमा अनुरोध गर्ने र हुम्ला जिल्लासँग जोडिएका सिमाक्षेत्रहरुको विवादका विषयलाई लिएर जिल्लाको समग्र अवस्था, समस्या र समाधानको पहलका लागी सर्वपक्षियको तर्फबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश सरकार र नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

 सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा...
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
भर्खरै