नेभिगेशन
समाज

अनिश्चितकालीनका लागी कर्णाली करिडोर अन्र्तगत पर्ने बाजुरा पिलु सडक खण्ड पुर्ण रुपमा बन्द


हुम्ला
दुई साता बित्दापनि सरकारले कुनै कदम नचालेपछि हुम्ला–बाजुराको सिमाना विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । 
दुई जिल्लाका सिमा क्षेत्रमा भएको विवादको विषयलाई लिएर  बाजुराको हिमाली गाउँपालिकाको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबार (आज)देखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो । 
यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले आरोपसहित बन्दको आह्वान गरिएको क्लबले जनाएको छ।

हिमाली गाउँपालिका वडा नं ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अनुसार हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेका छन्। उनीहरूले स्थानीय बासिन्दाका साथै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटेको आरोप लगाइएको छ।
लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीडक पक्षले लिनुपर्ने, लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई पुनस्र्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पु¥याइएको क्षतिको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरुन्त अगाडि बढाउनुपर्ने क्लबको माग छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।