नेभिगेशन
समाज

सिमकोट ७ धारापोरीमा फोरजी सेवा पूर्ण रूपमा सञ्चालन, स्थानीय खुसी

सिमकोट

सिमकोट गाउँपालिका–७  धारापोरीमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमार्फत फोरजी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि फोरजी सेवा जडान गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय सेवाग्राही समस्यामा पर्दै आएका थिए। नेपाल टेलिकम हुम्लाका अनुसार रिपिटर टावरमा आरआईयू मेसिन जडान गरिएको आठ दिनपछि प्राविधिक समस्या समाधान गरी शुक्रबारदेखि सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । मेसिनको सेटिङमा देखिएको समस्या समाधान गर्न काठमाडौंबाट आवश्यक प्राविधिक सहयोग प्रदान गरिएको थियो ।


नेपाल टेलिकमका प्राविधिक ओवजन शाही र राम बहादुर बोहराले शुक्रबार आवश्यक प्राविधिक कार्य सम्पन्न गरेपछि धारापोरी क्षेत्रमा फोरजी सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । 


धारापोरीमा रहेको रिपिटर टावर स्थापना भएको करिब ७–८ वर्ष भए पनि फोरजी सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन । यसअघि कसैको मोबाइलमा फोरजी चल्ने र कसैकोमा नचल्ने समस्या रहेको स्थानीयहरूले बताएका छन ।

 

फोरजी सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । स्थानीय विनोद विकका अनुसार अब सबै मोबाइलमा फोरजी सेवा सहज रूपमा चल्न थालेको छ । सेवा सञ्चालन भएपछि विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाजमा सहजता आएको छ ।


त्यसैगरी स्थानीयहरूले अनलाइन माध्यमबाट एकआपसमा सहज रूपमा सम्पर्क र संवाद गर्न पाएको बताइएको छ । दुर्गम क्षेत्र धारापोरीमा गुणस्तरीय दूरसञ्चार सेवा विस्तार भएसँगै सूचना तथा सञ्चार प्रविधिमा स्थानीयको पहुँच थप मजबुत हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।