नेभिगेशन
वाल आवाज

सर्केगाडमा पालिका स्तरीय बाल कचहरी सम्पन्न, बालबालिका क्षेत्रलाई प्राथमिकता दिने उपाध्यक्ष तिमिल्सिनाको प्रतिबद्धता

हुम्ला ।
हुम्लाको सर्केगाड गाउँपालिकामा पालिका स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । बाल विवाह र बाल श्रम न्यूनीकरणका लागि एकीकृत पहल स्वरुप रेडियो कर्णाली आवाज हुम्लाको आयोजनामा कार्यक्रम गरिएको हो । सर्केगाड गाउँपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवकी तिमिल्सिनाले आगामी आर्थिक वर्षको बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

कार्यक्रममा पालिका भरका बालबालिका, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत ८२ जना सहभागी रहेका थिए । सहभागीलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले बालबालिकाको अधिकार, शिक्षा र संरक्षणका क्षेत्रमा पालिकाले थप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा प्रत्येक विद्यालयमा बाल क्लब सञ्चालनका लागि गाउँपालिकाले निश्चित बजेटको व्यवस्था गर्ने बताउँदै विद्यालयमा किशोरीहरूका लागि प्याड निर्माण कार्यक्रम समेत सञ्चालन गर्ने उल्लेख गर्नुभयो । बाल विवाह, बाल श्रमजस्ता समस्या न्यूनीकरणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र बालबालिका बीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

कार्यक्रमले बालबालिकाको सवालमा छलफल र सुझाव संकलन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । गुडनेवर्स इन्टरनेसनल नेपाल र किर्डाक नेपालको आर्थिक सहयोगमा रेडियो कर्णली आवाजको आयोजनामा आज सर्केगाडमा बाल कचहरी गरिएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

हुम्लाको नाम्खास्थित महाबौद्ध माध्यमिक विद्यालयमा विद्यार्थीको पढ्ने बानीको विकाससँगै अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कक्षा बुक कर्नर सञ्चालनमा ल्याइएको छ ।
भर्खरै