नेभिगेशन
समाज

नाम्खा–४ मा जेठासी बाली भित्राउने चटारो, उवा उत्पादनमा वृद्धि ।।

 

नाम्खा, हुम्ला ।
हुम्लाको नाम्खा गाउँपालिका–४ याल्वाङका किसानहरूले जेठासी बाली भित्राउन सुरु गरेका छन् । कार्तिक महिनामा छरेको उवा र गहुँ असार महिनामा पाकेसँगै किसानहरू अहिले बाली भित्र्याउने काममा व्यस्त देखिएका छन ।


स्थानीय किसान मुन्डुप लामाका अनुसार यस वर्ष उवाको उत्पादन गत वर्षको तुलनामा उल्लेख्य रूपमा राम्रो भएको बताउनु भयो । उहाँले यस वर्ष आफ्नो खेतबाट करिब ६ क्विन्टल उवा उत्पादन भएको जानकारी दिनुभयो । अनुकूल मौसम, समयमै गरिएको खेती र राम्रो उत्पादनका कारण किसानहरू उत्साहित बनेका छन ।


लामाले उवा टिपिसकेपछि सोही खेतमा मिठे फापर छर्ने तयारी भइरहेको बताउनुभयो । नाम्खा क्षेत्रमा वर्षभरि उपलब्ध समयको सदुपयोग गर्दै एकपछि अर्को बाली लगाउने परम्परा रहेको छ । उवा भित्राएपछि फापर खेती गर्ने चलनले किसानलाई थप उत्पादन र आम्दानीमा सहयोग पुग्ने विश्वास गरिएको छ ।


यसैबीच, गहुँ बाली पनि पूर्ण रूपमा पाकिसकेको छ । किसानहरू अहिले गहुँ काट्ने, सुकाउने र घर भित्र्याउने काममा जुटेका छन । मौसम अनुकूल रहेकाले बाली भित्र्याउन सहज भएको स्थानीय किसान लामाको भनाइ छ ।
कृषि नै मुख्य पेशा रहेको नाम्खा गाउँपालिकाका अधिकांश परिवारका लागि उवा, गहुँ र फापर प्रमुख खाद्यान्न बाली हुन् । यस वर्ष उवाको उत्पादन राम्रो भएकाले खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।