नेभिगेशन
समाज

हुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले पदभार ग्रहण

हुम्ला । 
हुम्ला जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोलानाथ गुरागाईंले आज, असार २५ गते, जिल्ला प्रशासन कार्यालय हुम्लामा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा कार्यालयका कर्मचारीहरूले नवनियुक्त प्रमुख जिल्ला अधिकारी गुरागाईंलाई स्वागत गरेका थिए । 


हुम्ला भौगोलिक रूपमा विकट जिल्ला भएकाले यहाँका नागरिकले भोगिरहेका प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी चुनौतीलाई नजिकबाट अध्ययन गरी समाधानका लागि आवश्यक पहल गरिने अपेक्षा गरिएको छ । यसअघि कार्यरत प्रमुख जिल्ला अधिकारीको टेक कुमार रेग्मीको यही असार २० सरुवापछि गृह मन्त्रालयको निर्णयअनुसार भोलानाथ गुरागाईं हुम्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटिनुभएको हो ।

उहाँको आगमनसँगै जिल्लाको प्रशासनिक सेवा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा तथा सरकारी सेवाको प्रभावकारितामा थप सुधार हुने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले नयाँ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नागरिकलाई गुणस्तरीय, प्रभावकारी र उत्तरदायी सेवा प्रदान गर्न सबै कर्मचारी प्रतिबद्ध रहेको जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।