नेभिगेशन
समाज

पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण अभियान सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हुम्ला । 
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण अभियान सञ्चालन सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक समन्वय, सहकार्य तथा सरोकारवाला निकायहरूको भूमिकाबारे छलफल गरिएको थियो । 


कार्यक्रममा पोषण सुधार, सुरक्षित तथा स्वस्थ खाद्य उपभोग, कृषि उत्पादनमा विषादीको न्यूनीकरण तथा त्यसबाट मानव स्वास्थ्यमा पर्ने असरका विषयमा अभिमुखीकरण गरिएको थियो। साथै पोषणयुक्त खानपानको प्रवद्र्धन, स्थानीय उत्पादनको उपयोग र जनचेतना अभिवृद्धिका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो । 


अभिमुखीकरणका क्रममा अत्यधिक विषादी प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको प्रयोगलाई न्यूनीकरण गर्दै सुरक्षित कृषि प्रणाली अपनाउनुपर्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । अभियानलाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य क्षेत्र, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा सम्बन्धित सरोकारवाला संस्थाबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।