नेभिगेशन
समाज

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारमा हुम्लाका तीन कृषि फर्म सम्मानित

हुम्ला । 
हुम्लामा आयोजित जिल्ला स्तरीय “मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार“ कार्यक्रममा उत्कृष्ट कृषि व्यवसाय सञ्चालन गर्दै आएका तीन कृषि फर्मलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तका अनुसार मूल्याङ्कनका आधारमा प्रथम सर्केगाड गाउँपालिका–५ स्थित इशा कृषि, पशुपन्छी तथा मत्स्यपालन फर्म, दोस्रो दिक्पाल तरकारी तथा उन्नत गाईपालन व्यवसाय फर्म र तेस्रा बागजुर चिया तथा फलफुल नर्सरी व्यवसाय फर्म भएको छ । 

प्रमुख पन्तले प्रत्येक वर्ष कृषकहरूबाट आवेदन संकलन गरी उनीहरूले सञ्चालन गरेका कृषि तथा पशुपालन व्यवसायको स्थलगत अनुगमन, उत्पादन, व्यवस्थापन, नवप्रवर्तन र समग्र योगदानका आधारमा उत्कृष्ट कृषक छनोट गर्ने परम्परा रहेको बताउनुभयो। यस कार्यक्रमले कृषि पेशामा लागेका कृषकहरूलाई थप हौसला प्रदान गर्नुका साथै व्यावसायिक कृषि प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।


त्यसैगरी प्रथम सर्केगाड गाउँपालिका–५ स्थित इशा कृषि, पशुपन्छी तथा मत्स्यपालन फमका धर्मजन शाहीलाई ३० हजार, दोस्रो दिक्पाल तरकारी तथा उन्नत गाईपालन व्यवसाय फर्मका धर्मराज रोकायालाई २५ हजार, र तेस्रामा बागजुर चिया तथा फलफुल नर्सरी व्यवसाय फर्मका उजिर बोहरालाई २० हजार नगद सहित प्रमाण पत्र वितरण गरि सम्मान गरिएको प्रमुख पन्तले बताउनु भयो ।  

इशा कृषि, पशुपन्छी तथा मत्स्यपालन फर्मका धर्मजन शाहीले पुरस्कारले कृषि क्षेत्रमा अझ समर्पित भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा आत्मनिर्भर कृषि प्रणाली विकासका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


कार्यक्रममा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले पुरस्कृत कृषकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई जिल्लाको आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।  उहाँले कृषकहरूलाई आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक उत्पादन विस्तार तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै कृषि व्यवसायलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो । 


कृषि विकास कार्यालयले यस्ता पुरस्कार कार्यक्रमले मेहनती र उदाहरणीय कृषकहरूको सम्मान हुनुका साथै अन्य कृषकहरूलाई पनि व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।