नेभिगेशन
समाज

लाली गुराँस माध्यमिक विद्यालयमा ३० लाखको खेल मैदान र १५ लाखको घेरबार निर्माण


हुम्ला ।

सर्केगाड गाउँपालिका वडा नम्बर २ लिप्ने स्थित लाली गुराँस माध्यमिक विद्यालयमा करिब ३० लाख रुपैयाँको लागतमा आधुनिक खेल मैदान निर्माण गरिएको छ ।  विद्यालयमा खेलकुदका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको खेल मैदानबाट विद्यार्थीहरूलाई नियमित अभ्यास र विभिन्न प्रतियोगितामा सहभागिता जनाउन सहज हुने विश्वास गरिएको छ ।


विद्यालयका प्रधानाध्यापक काली बहादुर महताराका अनुसार “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने उद्देश्यलाई आत्मसात गर्दै विद्यालयमा खेल मैदान निर्माण गरिएको बताउनु भयो । यसअघि विद्यालय परिसरमा रहेको साँघुरो खेल मैदानका कारण विद्यार्थीहरूले सहज रूपमा खेल गतिविधि सञ्चालन गर्न कठिनाइ भोग्दै आएका थिए । सीमित स्थानका कारण विद्यालयस्तरीय तथा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्नसमेत समस्या हुने गरेको प्रह महताराले बताउनु भयो ।  

प्रधानाध्यापक महताराका अनुसार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको पहलमा ३० लाख रुपैयाँ बराबरको बजेटबाट खेल मैदान निर्माण गरिएको होे ।  नयाँ खेल मैदान निर्माण भएसँगै विद्यालयमा फुटबल, भलिबल, एथलेटिक्स लगायतका विभिन्न खेल गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ ।

विद्यालय परिवारले खेल मैदानको उपलब्धताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्नुका साथै खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ । नियमित खेल अभ्यासले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र समूहमा काम गर्ने संस्कारको विकास हुने विश्वास विद्यालयले लिएको छ ।

त्यसैगरी, हुम्ला जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का प्रदेशसभा सदस्य जुम्कित लामा कार्कीको पहलमा विद्यालयमा १५ लाख रुपैयाँको लागतमा घेरबार निर्माण गरिएको छ । घेरबार निर्माणसँगै विद्यालय परिसर थप सुरक्षित बनेको विद्यालय प्रशासनले जनाएको छ ।

निर्माण गरिएको घेरबारले विद्यालयका शैक्षिक भवन, खानेपानी धारा, शौचालय, खेल मैदान, वृक्षारोपण गरिएका बोटबिरुवा तथा अन्य चल–अचल सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसअघि खुला परिसर भएका कारण चौपाया प्रवेश गर्ने, संरचनामा क्षति पुग्ने तथा विद्यालयको सम्पत्ति संरक्षणमा चुनौती रहेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीले खेल मैदान र घेरबार निर्माणलाई विद्यालयको पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनीहरूले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै भौतिक पूर्वाधार विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
स्थानीय सरोकारवालाहरूका अनुसार खेल मैदान र सुरक्षित विद्यालय परिसरले विद्यार्थीहरूलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने वातावरण सिर्जना गर्नेछ ।  यसबाट विद्यालयको समग्र शैक्षिक वातावरण थप सुधार हुनुका साथै ग्रामीण क्षेत्रका विद्यार्थीहरूले पनि गुणस्तरीय खेलकुद पूर्वाधारको सुविधा पाउने अपेक्षा गरिएको प्रअ महताराको भनाई रहेको छ । 
विद्यालय प्रशासनले निर्माण सम्पन्न भएका दुवै पूर्वाधारको संरक्षण र दीगो व्यवस्थापनमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ । विद्यालयले आगामी दिनमा थप शैक्षिक तथा भौतिक पूर्वाधार विस्तार गर्दै विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै