नेभिगेशन
समाज

कालाशिल्ता आधारभूत विद्यालयको चारकोठे पक्की भवन उद्घाटन

सिमकोट ।    हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयको चारकोठे पक्की भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले गर्नुभएको हो ।  विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवनमा चारवटा कक्षा कोठा रहेका छन् । विद्यालय स्रोतका अनुसार भवन निर्माणमा कुल १ करोड १० लाख रुपैयाँ लागत लागेको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको भवनका लागि अघिल्लो आर्थिक वर्षमा सिमकोट गाउँपालिका–६ को सम्पूर्ण बजेटबाट ६५ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट भवन निर्माण सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।

नवनिर्मित पक्की भवन सञ्चालनमा आएसँगै विद्यार्थीलाई अध्ययन–अध्यापनका लागि थप सहज र सुरक्षित वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ । लामो समयदेखि भौतिक पूर्वाधारको अभाव झेल्दै आएको विद्यालयका लागि चारकोठे भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । हाल कालाशिल्ता आधारभूत विद्यालयमा १ सय ३३ जना विद्यार्थी अध्ययनरत रहेका छन । विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा नयाँ भवनले कक्षा सञ्चालनमा सहजता ल्याउने विद्यालयको अपेक्षा छ ।

भवन उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नवनिर्मित भवनले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्नुका साथै विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएकोे छ । साथै उक्त विद्यालयको २७ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक गणेश बहादुर शाहीले आर्थिक वर्ष २०८२÷८३ को कुल आय–व्यय विवरण प्रस्तुत गर्दै विद्यालयको जम्मा रकम १ करोड ३० लाख ६२ हजार ६ सय १० रुपैयाँ रहेको जानकारी दिनुभयो । त्यसमध्ये १ करोड १८ लाख ६७ हजार ७ सय १० रुपैयाँ खर्च भएको र ११ लाख ९५ हजार रुपैयाँ बैंक मौज्दात रहेको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।