नेभिगेशन
समाज

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

सिमकोट ।   बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको स्थानिय परम्परा अनुसार आज दाहसंस्कार गरिएको छ । कर्णाली नदीको तिव्र बहावका कारण बालबालिकाको केही पत्तो नलाग्दा जिउदो भेटाउने आस मरेपछि बालबालिकाका आफन्तले बालबालकिाले लगाएका कपडाको पुत्ला बनाई आज स्थानिय परम्परा अनुसार दाहसंस्कार गरिएको वडा अध्यक्ष जय बहादुर शाहीले बताउनु भयो ।

आज जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षकको युवराज ढकालको टोली, याङचु प्रहरी चौकीको टोली र गाउँका स्थानियले सर्केगाड गाउँपालिका वडा नम्बर २ मा रहेको रिपगाड खोला सम्म बेपक्ता बालबालिकाको खोज तलास गर्दा पनि नभेटीएका कारण दाहसंस्कार गरिएको आफन्तले बताएका छन । बर्षाको सिजन भएकोले कर्णाली नदीको तिव्र बहावका कारण खोज तलास गर्न निकै नै सकस भएको वडा अध्यक्ष शाहीले बताउनु भयो । बिहीबार बिहान करिब ११ बजेतिर खाना खाइसकेपछि नदी किनारमा खेल्न गएका खार्पुनाथ–१ तल्ला लालीका दुई बालबालिकालाई कर्णाली नदीको बहावले बगाएपछि बेपत्ता भएका थिए । बेपत्ता हुने दुवै जना मालिका माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।