नेभिगेशन
समाज

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

सिमकोट ।    सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा र आकर्षक बनाउने उद्देश्यले स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, राजनीतिक दल, युवा क्लब, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय नागरिकको सहभागितामा सरसफाइ गरिएको हो ।

माथिल्लो गाउँमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा नेपाली सेना, स्थानीय नागरिक लगायतको सहभागितामा सरसफाइ गरिएको थियो । यस्तै, तल्लो गाउँमा गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाको नेतृत्वमा नेपाल प्रहरी, युवा क्लब तथा स्थानीय नागरिक सहभागी भएका थिए ।

सिमकोट बजार क्षेत्रमा भने उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको नेतृत्वमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो । उक्त सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मेधराज कँडेल, राजनीतिक दलका प्रतिनिधि, होटल व्यवसायी, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रममा सहभागीहरूले एक दिन मात्रै सरसफाइ गरेर सिमकोटलाई स्वच्छ बनाउन नसकिने भन्दै नियमित रूपमा आफ्नो घर, टोल र आसपासको क्षेत्र सफा राख्न स्थानीयवासीलाई आग्रह गरेका छन । फोहोर व्यवस्थापनमा सबै नागरिकले जिम्मेवार भएर आफ्नो क्षेत्र आफैं सफा राख्नुपर्नेमा जोड दिइएको छ । प्रमुख जिल्ला अधिकारी गुरागाईंले सार्वजनिक स्थानमा फोहोर गर्ने व्यक्तिलाई कारबाही तथा आफ्नो क्षेत्र सफा राख्ने व्यक्ति वा समूहलाई सम्मान गर्ने व्यवस्था गरिने बताउनुभएको छ । 

साउने पूर्णिमा हेर्न जिल्लाका विभिन्न ठाउँबाट नागरिकहरू सिमकोट आउने भएकाले आगन्तुकलाई स्वच्छ वातावरण दिन सरसफाइ अभियानलाई प्राथमिकता दिइएको हो । सिमकोटलाई पर्यटकीय गन्तव्यका रूपमा आकर्षक बनाउन पनि स्वच्छता महत्वपूर्ण हुने भएकाले सरसफाइलाई अभियानका रूपमा मात्र नभई दैनिक व्यवहारमा उतार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन । सरसफाईमा माक्स ग्लोब्स र फोहोर उडाउने बोरा र उठाएको फोहोरलाई डम्पीङ साइटसम्म पुर्याउने जिम्मा सिमकोट गाउँपालिकाले गरेको थियो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।