नेभिगेशन
राजनीति

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गरेका निर्णय कार्यन्वयन गर्न अनरोस्ववियू हुम्लाको माग

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेका निर्णय कार्यन्वयन गर्न माग गर्दै अनरोस्ववियू हुम्लाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले पटक पटक बैठक बसेर कागजमा निर्णय गर्ने कार्यन्वय नगरेको भन्दै तत्काल सम्पुर्ण निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गरेको छ ।

आजै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हुम्लाका जिल्ला संयोजक गणेश भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीमा कोरोना संक्रमण देखिनुका साथै हुम्ला जिल्ला उच्च जोखिम रेडजोनमा भएको भएता पनि बजारमा मानिसको आवतजावत, भिडभाड नघटेको हुँदा यो संक्रमणले भयावह रुप लिन सक्नेभएकाले तत्काल जिल्ला भित्र आवतजावत जमघटमा कडाई गर्न माग गरेको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा कोरोना परिक्षणको लागी नमुना संकलन गर्नुका साथै उचित व्यवस्थापन सहितका क्वारेन्टाइन, आइसोलेसन कक्षको व्यवस्थ ागर्न माग गरीएको जिल्ला संयोजक भण्डारीले बताउनुभयो ।

कोरोना नियन्त्रणमा शैक्षिक संस्था बन्द गरेर मात्र नहुनुका साथै यस्तो अवस्थामा शिक्षणका बैकल्पिक उपायको खोजी गरेर (जस्तै रेडियो,इन्टरनेट उपलब्ध हुने स्थानमा अनलाइन कक्षाको व्यवस्था गर्न अनेरास्ववियूले माग गरेको छ । जिल्लाका सातवटै स्थानिय तहमा कोरोना संक्रमणको उच्च जोखिमको क्षेत्रलाई पहिचानगरेर उच्च जोखिम भएका स्थान बाहेक अन्य क्षेत्रका विद्यालयहरु निश्चित संख्यामा विद्यार्थीहरुको उपस्थित गरेर कोभिड १९ का आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्था पुन सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेको छ ।

मङ्सिर ९ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै प्रत्येक परिक्षा केन्द्रमा अनिवार्य कोभिड १९ हेल्थ डेस्ड अर्थातसुविधा सम्पन्न बनाएर परिक्षा सञ्चालन गर्नुका साथै सामाजिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न माग गरिएको छ ।

अनेरास्ववियू हुम्लाले बुझाएको ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी गिरीले भने आफुले सक्दो सम्म बैठकमा कुरा गर्ने गरेको तर जिल्लाका स्थानीय तहले कार्यन्वयनमा ल्याउन नसकेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै