नेभिगेशन
राजनीति

कालिकोटका शिक्षक आन्दोलित

कालिकोट : कालिकोट जिल्लाका सबै तहका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी कर्मचारी आन्दोलित भएका छन्। आन्दोलनमा नेपाल शिक्षक महासंघ कालिकोटले पनि एक्यबद्धता जनाएको छ।

सरकारले श्रेणीबिहीन कर्मचारीले पाउने सेवा सुविधासमेत सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगी कर्मचारीलाई नदिएको भन्दै सुरु गरेको आन्दोलनमा शिक्षक महासंघले पनि एक्यबद्धता जनाएको हो।

कालिकोटका सबै विद्यालयमा कार्यरत शिक्षक आन्दोलित भएका छन्। उनीहरुले विद्यालय कर्मचारीले विभिन्न माग राखेर आन्दोलन गरिरहँदा सरकारले कुनै चासो नदिँदा आफूहरु आन्दोलित हुनु परेको शिक्षकले जनाएका छन्। 

जिल्लाका सबै सामुदायिक विद्यालयमा बिहीबार नेपाल शिक्षक महासंघ कालिकोटको निर्देशनमा विद्यालयको प्रवेशद्धारमा बत्ती बालेर घाँटीमा कालो कपडाको माला लगाई प्रदर्शन गरेका छन्। 

नेपाल विद्यालय कर्मचारी परिषद कालिकोटका अध्यक्ष ललित शाहीले सामुदायीक विद्यालयमा कार्यरत कर्मचारी न्यून सेवा सुविधामा काम गर्नुपर्ने, सरकारले सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी नदिँदा व्यवस्थापनमा आएको खर्चबाट तलब खानुपर्ने, लामो समयदेखि काम गरेका कर्मचारीको सेवा सुविधाको ग्यारेन्टी नभएको, नेपाल सरकारको कर्मचारी र शिक्षकले सेवा निवृतपछि पेनसन, उपदान, उपचार खर्च र संचित बिदाको रकम पाउने तर विद्यालयमा कार्यरत कर्मचारीले अवकाश पछि कुनै सुविधा नपाउने र खाली हात घर जानुपर्ने समस्या रहेकाले आफूहरु आन्दोलित भएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै