नेभिगेशन
राजनीति

कालिकोटका शिक्षक आन्दोलित

कालिकोट : कालिकोट जिल्लाका सबै तहका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी कर्मचारी आन्दोलित भएका छन्। आन्दोलनमा नेपाल शिक्षक महासंघ कालिकोटले पनि एक्यबद्धता जनाएको छ।

सरकारले श्रेणीबिहीन कर्मचारीले पाउने सेवा सुविधासमेत सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगी कर्मचारीलाई नदिएको भन्दै सुरु गरेको आन्दोलनमा शिक्षक महासंघले पनि एक्यबद्धता जनाएको हो।

कालिकोटका सबै विद्यालयमा कार्यरत शिक्षक आन्दोलित भएका छन्। उनीहरुले विद्यालय कर्मचारीले विभिन्न माग राखेर आन्दोलन गरिरहँदा सरकारले कुनै चासो नदिँदा आफूहरु आन्दोलित हुनु परेको शिक्षकले जनाएका छन्। 

जिल्लाका सबै सामुदायिक विद्यालयमा बिहीबार नेपाल शिक्षक महासंघ कालिकोटको निर्देशनमा विद्यालयको प्रवेशद्धारमा बत्ती बालेर घाँटीमा कालो कपडाको माला लगाई प्रदर्शन गरेका छन्। 

नेपाल विद्यालय कर्मचारी परिषद कालिकोटका अध्यक्ष ललित शाहीले सामुदायीक विद्यालयमा कार्यरत कर्मचारी न्यून सेवा सुविधामा काम गर्नुपर्ने, सरकारले सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी नदिँदा व्यवस्थापनमा आएको खर्चबाट तलब खानुपर्ने, लामो समयदेखि काम गरेका कर्मचारीको सेवा सुविधाको ग्यारेन्टी नभएको, नेपाल सरकारको कर्मचारी र शिक्षकले सेवा निवृतपछि पेनसन, उपदान, उपचार खर्च र संचित बिदाको रकम पाउने तर विद्यालयमा कार्यरत कर्मचारीले अवकाश पछि कुनै सुविधा नपाउने र खाली हात घर जानुपर्ने समस्या रहेकाले आफूहरु आन्दोलित भएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...