नेभिगेशन
राजनीति

नेकपासँग देशको भाग्य र भविश्य जोडिएकाले पार्टी फुट्दैन, अन्तरविरोध व्यवस्थित हुन्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले नेकपा एक ढिक्का हुने बताएका छन् ।

विमानस्थाल अनुगमन गर्न आज सिमकोट पुगेका मन्त्री भट्टराईले भने, “ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।”

देशको भाग्य र भविश्य नेकपासँग जोडिएको हुनाले पनि अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गर्दै उनले बहुमतको सरकार यथावत रहने बताए । उनले मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताए । मन्त्री भट्टराईले हिजोका दिनमा विदेशी हस्तक्षेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको दाबी गरे ।

हुम्लाको सिमकोट पुगेका मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

कैलाश मानसरोवर दर्शनका लागि सम्भाव्यता अध्ययन गर्न सुझाव

सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले देशका ५५ विमानस्थलमध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अगाडि बढाइने बताएका छन् । सिमकोट विमानस्थलको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरुयोजना बनाउन आग्रह गरे ।

मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नाका साथै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा कार्यकर्तासँग भेटघाट गरे । उनले प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलगायत नेतासँग भेटी हुम्लाको संस्कृति, प्रकृति, मोटरबाटोलगायत विषयमा जानकारी लिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै