नेभिगेशन
सिमकोट

सिमकोट विमानस्थलको आगो नियन्त्रणमा

हुम्लाको सिमकोट स्थित विमानस्थलका कर्मचारी बस्ने क्वाटरमा लागेको आगो ७ बजे नियन्त्रणमा आएको छ ।

आज (बिहीबार) बिहान ४ बजे लागेको आगो ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिनुभयो ।

विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएपनि बिहानैदेखि सबैको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

हिटरको लातोले विद्युतको तार सर्ट भएर आगो लागेको हुन सक्ने अनुमानगरीएको छ । कसैले आगो लगाएको भन्दा पनि प्राविधिक कारणले नै आगो लागेको पाइएको छ ।

अगालागीबाट ६ कोटे भवनको ३ कोठा पूणरुपमा जलेर नष्ट भएका छन्भने बाँकी ३ कोठामा आंशिक क्षेती भएको विमानस्थलका प्रमुख बिष्णु अधिकारीले बताउनुभयो ।

आगलागी सुरु भएको कोठामा रहेका कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री जलेर नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ । भवनमा पचास प्रतिशत क्षेति पुगेको छ ।

विहानै विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले अचानक आगलागी भएको देखेपछि सबैलाई खबर गरेपछि दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै