नेभिगेशन
सिमकोट

हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षार्कीहरुलाई कन्टयाक्ट टेसिंगका क्रममा स्वाव संकलन गरी १२ जना सुरक्षाकर्मीको पीसीआर चेक गरिएको हो ।

१२ जना सुरक्षाकर्मीको १९ गते स्वाव संकलन गरी पीसिआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये एकजनाको रिर्पोट नेगेटिभ आएको र अन्य ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति डेराले जानकारी दिनुभयो ।

यो सँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ, भने निको हुनेको संख्या ६७ रहेको छ ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका बिद्यालहरु पुनः बन्द गरिएको छ ।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्यौलता छाएको हो ।

आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वाटरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

हुम्लामा हाल सम्म सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ । हालसम्म हुम्लामा ७८ जनामा कोरोना संक्रमण देखिएको थियो भने ६७ जना निको भएर घर फिर्ता भएका छन् । हुम्लामा पहिलो पटक असोज तीन गते एक जना महिलामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै