नेभिगेशन
राजनीति

विप्लव नेता पक्राउ गर्न असफल भएपछि पत्रकारको घर खानतलासी

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका हुम्ला नेता भागेपछि नियन्त्रण गर्न असफल भएको प्रहरीले पत्रकारहरुको घर खानतलासी गरेको छ ।  विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढा भागेको पत्रकारद्वय नरजंग तामाङ र कर्णबहादुर रोकायको घरमा प्रहरीले खानतलासी गरेको हो ।

तामाङ नेपाल टेलिभिजन, नयाँ पत्रिका दैनिकका हुम्ला सम्वददाता हुन भने रोकाया नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष र कचहरी दैकिकका सम्पादक हुन् ।

रोकायको सिमकोटा गाउँपालिका–५ मा रहेको घर र तामाङको डेरामा गएराती प्रहरीले पत्रकारद्वयको घर र डेरामा पुगेर खानतलासी गरेको छ ।

हुम्ला जिल्ला अदालतका न्यायाधीस जगतबहादुर पौडेलको एकल इजलासले मंगलबार विप्लव कार्यकर्ता आरोप लागेका बुढालाई राज्य विरुद्धको अपराध नभएको भन्दै सफाई दिएका थिए ।

बुढालाई मानव अधिकारकर्मीहरुको रोहवरमा अदालतले छाडेको हो । बुढालाई अदालतले सफाई दिएपछि गेट बाहिर पठाए लगतै पुनः पक्राउ गर्ने योजना प्रहरीको थियो । प्रहरीले पक्राउ गर्न नपाउँदै बुढा भागेपछि पत्रकारले लुकाएको आरोपमा मध्यराती प्रहरीले तामाङ र रोकायाको घरमा खानतलासी गरेको हो ।

बुढालाई खोज्ने क्रममा एक दर्जन प्रहरी घरमा बसेर बत्ती बन्द गर्दै मानसिक तनाव दिएर खानतलासी गरेकोमा रोकायले आपत्ती जनाएका छन् ।

द्वयपत्रकारसहित रेडियो कर्णाली, रेडियो कैलाश, लगायतका सञ्चार मिडियालाई प्रहरीले निगरानी गरेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

अध्यक्ष बोहराले अनावश्यक पत्रकारहरुलाई धम्की दिएर प्रहरीले गरेको व्यवहारप्रति आपत्ती जनाए । प्रहरीले पत्रकारहरुलाई निगरानी गर्नुको कारणबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरीले आफुलाई जानकारी नभएको बताए । बुढालाइ प्रहरीले गत असोज २३ गते ताजाकोट गाउँपालिका ५ बाट पक्राउ गरेर सिमकोट ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै