नेभिगेशन
राजनीति

विप्लव नेता पक्राउ गर्न असफल भएपछि पत्रकारको घर खानतलासी

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका हुम्ला नेता भागेपछि नियन्त्रण गर्न असफल भएको प्रहरीले पत्रकारहरुको घर खानतलासी गरेको छ ।  विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढा भागेको पत्रकारद्वय नरजंग तामाङ र कर्णबहादुर रोकायको घरमा प्रहरीले खानतलासी गरेको हो ।

तामाङ नेपाल टेलिभिजन, नयाँ पत्रिका दैनिकका हुम्ला सम्वददाता हुन भने रोकाया नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष र कचहरी दैकिकका सम्पादक हुन् ।

रोकायको सिमकोटा गाउँपालिका–५ मा रहेको घर र तामाङको डेरामा गएराती प्रहरीले पत्रकारद्वयको घर र डेरामा पुगेर खानतलासी गरेको छ ।

हुम्ला जिल्ला अदालतका न्यायाधीस जगतबहादुर पौडेलको एकल इजलासले मंगलबार विप्लव कार्यकर्ता आरोप लागेका बुढालाई राज्य विरुद्धको अपराध नभएको भन्दै सफाई दिएका थिए ।

बुढालाई मानव अधिकारकर्मीहरुको रोहवरमा अदालतले छाडेको हो । बुढालाई अदालतले सफाई दिएपछि गेट बाहिर पठाए लगतै पुनः पक्राउ गर्ने योजना प्रहरीको थियो । प्रहरीले पक्राउ गर्न नपाउँदै बुढा भागेपछि पत्रकारले लुकाएको आरोपमा मध्यराती प्रहरीले तामाङ र रोकायाको घरमा खानतलासी गरेको हो ।

बुढालाई खोज्ने क्रममा एक दर्जन प्रहरी घरमा बसेर बत्ती बन्द गर्दै मानसिक तनाव दिएर खानतलासी गरेकोमा रोकायले आपत्ती जनाएका छन् ।

द्वयपत्रकारसहित रेडियो कर्णाली, रेडियो कैलाश, लगायतका सञ्चार मिडियालाई प्रहरीले निगरानी गरेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

अध्यक्ष बोहराले अनावश्यक पत्रकारहरुलाई धम्की दिएर प्रहरीले गरेको व्यवहारप्रति आपत्ती जनाए । प्रहरीले पत्रकारहरुलाई निगरानी गर्नुको कारणबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरीले आफुलाई जानकारी नभएको बताए । बुढालाइ प्रहरीले गत असोज २३ गते ताजाकोट गाउँपालिका ५ बाट पक्राउ गरेर सिमकोट ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै