नेभिगेशन
सर्केघार्ड

पेटमा बच्चा उल्टो हुँदा गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाबाट एक जना गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । वडा सात रोडिकोड, कार्कीबाडा गाउँका ३३ वर्षीया जमुना कार्कीको आज विहान उद्धार गरीएको हो । कार्कीको पेटमा बच्चा उल्टो भएर जन्माउन नसक्दा चारदिन देखि विरामी हुँदा आज विहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । चार दिनदेखि व्यथा लागेकी कार्कीको पेटमा बच्चा उल्टो भएर ज्यान जोखिममा भएका भन्दै आफन्तले उद्धारका लागी जिल्ला अस्पताल र जिल्ला प्रशासनमा खबर गरेपछि आज विहान उद्धार गरीएको हो ।

गाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा जटिल केशका उपचारका लागी स्रोत साधन नहुँदा हेलिकप्टरबाट जिल्ला बाहिर लिनुपर्ने बाध्यता रहेको छ । जिल्ला सदरमुकाम सिमकोट पुग्न दुई लाग्ने भएकाले समयमै अस्पताल पुराउनका लागी हेलिकप्टर मार्फत जिल्ला बाहिर रिफर गरीएको हो । तत्काल उपचार नपाए ज्यानै जान सक्ने अवस्था आएपछि कार्कीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पु¥याइएको सिनियर अनमी बोहराले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाइ उद्धार सम्बन्धि कार्यविधि, २०७५ बमोजिम उद्दार हुँदै आएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । गर्भवती कार्कीको आज विहान राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क उद्धार गरिएको हो ।

लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हात खुट्टा शरिर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्पता भएका दुर्गम हिमाली हुम्लाका महिलालाई नेपाल सरकारले निःशुल्क हवाई उद्धार गर्दै आएको छ । हुम्लाबाट हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत पुराइएकी काकीको अवस्था अहिले सामान्यरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै