नेभिगेशन
सिमकोट

हुम्लाका १५७ घरधुरीलाई सरसफाइ सामग्री वितरण

हुम्लाको सिमकोट गाउँपालिका–७ मा आधार विकास हुम्लाले सरसफाइका सामग्री वितरण गरेको छ । वडा नम्बर ७ को चौगनफया र धारापोरी गाउँका गरेर १ सय ५७ घरधुरीलाई बुधबार मुख तथा हात धुने साबुन सामग्री वितरण गरिएको हो ।

एक घरलाई मुख धुने पाँच र लुगा धुने सावुन दुई गरी प्रत्येक घरपरिवारलाई सात वटाका दरले साबुन वितरण गरिएको आधार विकास नेपाल हुम्लाका प्राविधिक सहायक रमेश भण्डारीले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाइसर कोभिड–१९ को संक्रमणबाट बच्नका लागि यी सामग्री वितरण गरिएको प्राविधिक सहायक भण्डारीले बताए । यहाँका नागरिकले व्यक्तिगत सरसफाइनमा बढी ध्यान दिऊन् भन्ने उद्देश्यका साथ वितरण गरिएको भण्डारीले जानकारी दिए ।

गाउँघरका नागरिकमा सफा र स्वच्छ भएर बस्ने बानी पार्नका लागि निःशुल्क सहयोग गरिएको जानकारी प्राप्त भएको छ । आधार विकास नेपाल हुम्लाले उत्तरी क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै