नेभिगेशन
सिमकोट

नेता शाहीद्धारा चारवटा मिल एकसाथ उद्घाटनःठेहे गाउँका महिला खुसि

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर एक, र दुई साविक ठेहे गाविसमा महिलाका लागी कुटानी पिसानी मिलको उद्ध्घाटन गरिएको छ । कणाली प्रदेश निर्वाचन क्षेत्रको विषेश कार्यक्रमबाट रु ५० लाख र रु चार लाख ४६ हजार जनश्रमदान गरी ५४ लाख रकमको लगानीमा मिल सञ्चालनमा ल्याइएको छ ।

ठेहे गाउँमा कुटानी, पिसानी,चुटानी र पेलानी गरेर चारवटा मिलको सोमबार उद्घाटन गरेर सञ्चालनमा ल्याइएको हो । सोमबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता तथा नेपाली कांगे्रसका केन्द्रिय सदस्य जीवन बहादुर शाहीले रिवन काटेर उद्घाटन गरेका हुन् । मिल उद्घाटनका क्रममा नेता शाहीले कुटानी पिसानी मिलले अब यस क्षेत्रका जनतालाइ सहज हुने बताउनुभयो । घरासयी काममा बोझ खेपिरहेका महिलाको कामको बोझ घटाउने र समय सदुपयोगका लागि अन्न कुटानी पिसानी मिल सञ्चालनमा ल्याइएको शाहीले बताउनुभयो ।

सोमबार उद्घाटन गरीएका मिल प्रयोगमा आएपछि गाउँभन्दा टाढा एक घण्टाको पैदल हिडेर ग्याग्रुमा रहेको परम्परागत घट्टमा पिसानी गर्न जानुपर्ने बाध्यताबाट छुटकारा मिलेकोमा यहाँका महिलाले खुसि व्यक्त गरेका छन् । सोमबार उद्घाटन गरीएका मिलले कोदो,फापर,उआ,जौ, गहुँ लगायतका अन्नको पिसानी गर्दै आउने भएको छ । भने चिनो, कागुनो, धान, लगायतका कुटानी हुनेभएका छन् । यस्तै सिमि,फापर,गहुँ,जौ, कोदो को चुटानी मिलले काम गर्ने भएको छ, भने पेलनीले तेल पेल्नका लागी काम गर्ने भएको छ ।

गोरा बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीको प्रमुख आथित्यमा भएको उद्घाटन कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल,जिल्ला पार्टी सभापति जयपति रोकाया, पार्टी सचिव मोहन विक्रम सिंह लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै