नेभिगेशन
चंखेली

बर्थिङ सेन्टरमा गर्भवती महिलाको आकर्षण बढ्दै

घरमै परम्परागत सुडेनी महिलाको सहायतमा सुत्केरी हुने हिमाली जिल्ला हुम्लाका महिला, पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सेवा लिन थालेका छन् ।

सिप नेपालले बनाएको आधारभुत सामुदायिक स्वास्थ्य इकाई पछि चंखेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो ।

चंखेली गाउँपालिका वडा चारमा रहेको पिप्पलाङमा असोज महिनाबाट बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपास गाउँका महिलाले नियमीत गर्भजाँच गराउन आउनुका साथै पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरीएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्श रामगीता तामाङले जानकारी दिनुभयो ।

बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले वडा चारका २५ वर्षिय हजारकला लुवारलाई पहिलो पटक सेवा प्रदान गरीएको हो ।

बर्थिक सेन्टर स्थापना हुँदा गाउँका महिलाको आकर्षण बढेको स्टाफनर्श तामाङले जानकारी दिनुभयो । हालसम्म पिप्लाङ बर्थिङ सेन्टरमा आठ जना महिलाले गर्भ जाँच गराउनुका साथै सोमबार स्वास्थ्यकर्मीको सक्रियतामा एकजना महिलालाई सफलतापुर्वक सुत्केरी गराइएको उहाँले जानकारी दिनुभयो । यस्तै पुस महिनाभित्रै सुत्केरी हुने चारजना महिला रहेको उनीहरु सबै गर्भजाँचका लागी बर्थिङ सेन्टरमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

वडा ४ का नागरीकलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सिप नेपालले सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टर सञ्चालन गरेको छ । गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा पिप्पाल, पाली, गाउँ लगायतका महिलाहरुले पहिलो पटक सेवा पाएका हुन ।

यसअघि यहाँका महिलाहरुले घरमै गाउँका परम्परागत सुडेनीबाट सुत्केरी गराउने गरेको भएपनि अब यसको विस्तारै न्युनिकरण हुँदै जानका लागेको छ । व्यथाले निक्कै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौं लग्ने गरिन्थ्यो तर अब बर्थिङ्ग सेन्टरको स्थापनाले यो समस्याबाट ग्रामिण वस्तिका महिलाहरुले मुक्ति पाउने भएका छन् ।

यहाँका महिलालाई स्वास्थ्य संस्थामा पुग्नका लागी दुई देखि तीन घण्टा सम्मको पैदल हिडेर जानुपर्ने अवस्था रहेको छ ।

आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप एक हजार र यातायात खर्चबापत चार सय रुपैयाँ सुत्केरी महिलाले पाउने गरेका छन् । यसले गर्दा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिलाको संख्यामा वृद्धि हुँदै गएको छ ।

अहिले पिप्पलाङ्ग बर्थिङ्ग सेन्टरमा एक जना स्टाफनर्श र एकजना अनमी गरेर दुई जना कर्मचारी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति १० बजे आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार एक्कासि आएको बाढीले स्थानीय डाँफे...
चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले अब आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय सञ्चालनमा आएका छन । गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय तथा...
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
भर्खरै